निर्णय नं. १०२३१ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२३१ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/११/२३ ३४२८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७५।११।२३ ०७३-NF-००२२ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / निवेदक : स्व. झुथरा थारूको छोरा दाङ जिल्ला नारायणपुर गाउँ विकास समिति वडा नं.४ दक्षिण अम्रै बस्ने सुन्दरलाल थारू विरूद्ध प्रत्यर्थी / विपक्षी : श्री गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मठ चौघेरा दाङसमेत गुठीको विवादलाई गुठी स्थापनाको उद्देश्य, मठ मन्दिरको अवस्थिति, अनुयायी वा मतावलम्बीहरूको चासो तथा समर्पण आदिसमेतका विषयहरूको समग्रतामा नहेरेसम्म यस्तो विवादमा सही न्याय निरूपण गर्न कठिन हुने । (प्रकरण नं.१८) हाम्रो देशको सन्दर्भमा गुठी स्थापनाको प्रमुख उद्देश्य धर्म र संस्कृतिको रक्षा नै हो । धर्म र संस्कृतिकै रक्षाको अभिष्ट राखी राजादेखि रंकसम्मबाट विभिन्न काल खण्डमा विभिन्न जग्गा गुठी राखिएका हुन् । त्यसैले गुठी जग्गा धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम हुने । (प्रकरण नं.१९) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री शंकरकुमार श्रेष्ठ, विद्वान् अधिवक्ता श्री मनोजकुमार शर्मा प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय, विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०२१, २०२९ र २०३३ भूमिसम्बन्धी ऐन, २०२१ यसअघि यस अदालतबाट आदेश गर्ने :- माननीय न्यायाधीश श्री गोपाल पराजुली मा. न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. सर्वोच्च अदालत, संयुक्त इजलास आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको र निवेदकको रिट निवेदन संयुक्त इजलासबाट खारेज भएपछि न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) अन्तर्गत पुनरावलोकनको निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ । रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मेरो पिता झुथरा थारू र आमा सन्चिरी थरूनीको तर्फबाट जन्म भएको छोरा म निवेदक सुन्दरलाल थारू र २ छोरीहरू जन्म भएकोमा छोराछोरीको विवाह दानसमेत भइसकेको छ । पिता झुथरा थारू २०३२ सालमा र आमा सन्चिरी थरूनी २०३४ सालमा परलोकपछि हक खाने अंशियार एक मात्र छोरो म निवेदक भएको र पिता झुथरा थारूको नाममा जग्गाधनी श्री गोरक्ष पात्रदेव देवता सिद्ध रत्ननाथ मठ चौघेरा, दाङको नाममा दर्ता स्रेस्ता भएको दाङ जिल्ला, नारायणपुर गाउँ विकास समिति वडा नं.४(क) कि.नं.१६२ को क्षेत्रफल २-१९-१२ जग्गामा मेरो पिता मोहियानी भई मोहीको प्रमाणपत्र प्राप्त गरी परापूर्वकालदेखि म निवेदकसमेतले हकभोग गरी आएको छु । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार जग्गाधनीले विश्वास गरेको व्यक्ति म निवेदक भएको हुँदा पिताको शेषपछि उक्त जग्गा मेरो नाममा मोही नामसारी गरी पाउनको लागि सम्बन्धित नारायणपुर गाउँ विकास समितिको मिति २०६४/११/१६ को च.नं.१२५५ को सिफारिससमेतको आधारमा मैले भूमिसुधार कार्यालय घोराही दाङमा निवेदन दायर गरी मिति २०६६/६/२१/४ मा कि.नं.१६२ को उक्त जग्गा म निवेदक सुन्दरलाल थारूको नाममा मोही नामसा