निर्णय नं. १०२३४ - नापी दर्ता दा. खा. दर्ता बदर गरी हक कायम गरी दा.खा. दर्ता गरी चलनसमेत चलाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२३४ - नापी दर्ता दा. खा. दर्ता बदर गरी हक कायम गरी दा.खा. दर्ता गरी चलनसमेत चलाई पाऊँ । भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०२/२८ ६४०० सर्वोच्च अदालत संयुक्त इजलास स.का.मु.प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री दीपककुमार कार्की फैसला मिति : २०७५।२।२८ ०७१-CI-१४४६ मुद्दा: नापी दर्ता दा. खा. दर्ता बदर गरी हक कायम गरी दा.खा. दर्ता गरी चलनसमेत चलाई पाऊँ । पुनरावेदक / प्रतिवादी : जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१२ बस्ने श्यामविहारी कुर्मी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बाँके साइगाउँ गा.वि.स. वडा नं.४ बस्ने शत्रुधनप्रसाद वर्मा जुन जग्गामा जसको स्वामित्व देखिएको छ, उसलार्इ नबुझी बिना स्रोत, बिना आधार, साबिक दर्ता स्रेस्ता वा प्रमाणको प्रतिकूल हुने गरी कित्ता नै बदर गरी क्षेत्रफल नै घटबढ गर्ने गराउने तथा कसैको नाउँमा क्षेत्रफल थप गर्ने गरी भएको काम कारबाही तथा दर्ता एवं निर्णय दुषित दर्ताकै कोटीमा पर्ने हुँदा त्यस्तो काम कारबाहीले कानूनी वैधता पाउन नसक्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय जि.न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.नि.मुख्य न्या. श्री प्रकाशकुमार ढुंगाना मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा पुनरावेदन अदालत नेपालगञ्ज फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको प्रस्तुत मद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- म वादीले सूर्यकला कुर्मीबाट २०६०/२/२८ मा निजको नाउँमा दर्ता स्रेस्ता तिरोभरो भएको जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.८ख (पुराना नापीको स्रेस्ताअनुसार) को कि.नं.३७ को ज.वि. ०–१३–२ जग्गा मोल रू. ३,६१,०००।– मा खरिद गरी लिई मालपोत कार्यालय, बाँकेबाट र.नं. ८४७२ बाट मिति २०६०/२/३० मा रजिस्ट्रेसन पारित गराई लिएको आधारमा मेरो नाममा दा.खा.दर्ता भई मैले भोगचलन गरी आएको मेरो एकलौटी हकभोगको जग्गा हो । म नापीमा उपस्थित हुन नसकेको मौकाको फाइदा उठाउने बदनियतले प्रतिवादी श्यामविहारी कुर्मीले आफ्नो कि.नं.३६ को ज.वि.०–८–७ भएको तथ्य जानीजानी नयाँ नापीमा मेरो साबिकको कि.नं.३७ को ज.वि.०–१३–२ जग्गामध्ये दक्षिण पूर्वतर्फको जग्गा नापीको स्रेस्ताअनुसार नेपालगञ्ज नगरपालिका वडा नं.१२ सिट नं.०३५/१४८९–१४ कि.नं.१७ को व.मि. ०,१११२.६० मोल रू.१,५०,०००।– जाने जग्गा आफ्नो नाउँमा दर्ता गराएको कुरा मिति २०६५/१/२३ को निर्णयबाट थाहा जानकारी हुन आएको र मालपोत कार्यालय, बाँकेबाट एकाको नामको अर्काको नाममा कायम गर्न यस कार्यालयलाई अधिकार नहुँदा निवेदकलाई जानकारी दिनु भन्ने निर्णय भएकोले प्रतिवादीको सो कार्य जग्गा पजनीको १/१७ नं.को प्रतिकूल हुँदा निजको सो कार्यबाट साह्रै मर्कामा परी सम्मानित अदालतको शरणमा आएको छु । अतः सम्मानित अदालतबाट प्रतिवादीलाई तलब गरी सबुद प्रमाण बुझी मेरो दर्ताको कि.नं.३७ को ज.वि.०–१३–२ मध्येबाट हालको नापीमा कायम भएको सो कि.नं.१७ को व.मि.०१११२.६० जग्गा प्रतिवादी श्यामविहारी कुर्मीको नाममा भएको नापी दर्ता बदर गरी मेरो नाममा दा.खा.दर्ता गरी प्रतिवादीको सो जग्गाबाट कब्जा खिचोला मेटाई चलन चलाई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र । मेरो अंशबन्डाको लिखतबाट मेरो अंश भागमा परी दा.खा.दर्ता भई जग्गाधनी