निर्णय नं. १०२३५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२३५ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०७/१४ ४२४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७५।७।१४ ०७५-WO-०१५० विषय: उत्प्रेषण / परमादेश निवेदक : दिलबहादुर चेम्जोङकी छोरी आइतराज थाम्सुहाङकी श्रीमती पाँचथर जिल्ला, फिदिम नगरपालिका वडा नं. १, सुन्तले गाउँ घर भई हाल कारागार कार्यालय, जगन्‍नाथदेवल, काठमाडौंमा थुनामा बस्ने वर्ष २६ की सुशिला थाम्सुहाङ विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंसमेत प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानूनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री लैनबहादुर थापा विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री किरण पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. तेजबहादुर के.सी.: नेपालको संविधानको धारा ४६ र १३३(२) र (३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः- तथ्य खण्ड काठमाडौं जिल्ला अदालतमा दायर भएको पबि क्षेत्रीसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक सुशिला थाम्सुहाङसमेत जना -३ भएको स.फौ.नं.०७४-CR-१३१० को ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको मिति २०७४।१२।१८ को थुनछेक आदेशानुसार म निवेदकबाट रू.१,५०,०००।- (एक लाख पचास हजार) नगद धरौट वा सो बराबरको जेथा जमानी माग भएकोमा म केही समय थुनामा रही तत्पश्‍चात् उक्त आदेशानुसारको नगद धरौट बुझाई म तारेखमा रहेकी थिएँ । त्यसपछि उच्च अदालत पाटनको मिति २०७५।१।२७ को आदेशानुसार काठमाडौं जिल्ला अदालतको उक्त आदेश बदर गरी म निवेदकबाट नगद धरौट रू.१०,००,०००।- (दश लाख) वा सो बराबरको जेथा जमानी दिए लिई पुर्पक्षको निम्ति तारेखमा राखी कानूनबमोजिम गर्नु भनी आदेश भएअनुसारको नगद धरौट वा सो बराबरको जेथा जमानी दिन सक्ने आर्थिक हैसियत मेरो नभएको र अन्य विकल्पसमेत नहुँदा हाल म उक्त ठगी मुद्दामा पुर्पक्षको सिलसिलामा थुनामा नै बसिआएको छु । उक्त ठगी मुद्दामा अभियोग लगाएअनुसार मैले जाहेरवालालाई ठगी गरेको होइन । म जाहेरवाला र अन्य प्रतिवादीहरूलाई पनि चिन्दिन । जाहेरवालाहरूलाई मेरो नाउँमा आइ.एम.इ. मार्फत रकम पठाउन लगाएको पनि होइन । मेरो नाउँमा रकम आउँदैछ भनी मलाई कसैले भनेको पनि होइन । उक्त रकम मैले आइ.एम.इ. बाट झिकेको पनि होइन । कसले कसरी मेरो नाममा आइ.एम.इ. मार्फत रकम पठाउन लगाई मेरो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरी कसले उक्त रकम भुक्तानी लिए; सो कुरा मलाई थाहा छैन । मेरो नाममा आएको उक्त रकम झिकेको स्लिप हेर्दा न्यू पाथिभरा स्टोर, फिदिमबाट निकालेको देखिन्छ । उक्त स्लिप (भौचर) मा रकम प्राप्त गर्ने महलमा भएको दस्तखत मेरो होइन । मेरो श्रीमान्‌ले विदेश तथा काठमाडौंबाट रकम पठाउँदा उक्त आइ.एम.इ. मार्फत पठाउने गरेकोले विगत २ वर्षदेखि मैले उक्त न्यू पाथिभरा स्टोरबाट रकम निकाल्ने गरेको थिएँ । त्यसै कारणले उक्त आइ.एम.इ.का मानिसहरूसमेतले मिलेमतो गरी मेरो नाममा रकम झिकाई त्यहाँ पहिल