निर्णय नं. १०२३६ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२३६ - अंश चलन भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०८/०४ ३७५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।८।४ ०७२-CI-०३६३ मुद्दा : अंश चलन पुनरावेदक / वादी : अब्दुल हमीदको छोरा जिल्ला नुवाकोट, विदुर नगरपालिका वडा नं.१०, त्रिशुलीबजार बस्ने अब्दुल हक विरूद्ध प्रत्यर्थी / प्रतिवादी : अब्दुल हमीदको छोरा जिल्ला नुवाकोट, विदुर नगरपालिका वडा नं.१०, त्रिशुलीबजार बस्ने अब्दुल करिम कुनै पनि अंशियारले आफ्नो अंशहक पारित लिखतद्वारा नै परित्याग गर्नुपर्छ भन्ने छैन । अंशियारले अंश मुद्दाको रोहमा अदालतमा पेस गरेको कुनै पनि कागजलाई स्वीकार गरेको अवस्थामा वा अंशियार स्वयं अंश मुद्दाको कारबाहीमा अदालतमा उपस्थित भई आफूले आफ्नो अंशभाग आफ्ना आमा बाबु वा अन्य अंशियारबाट लिन नपर्ने भनी अदालतसमक्षको बयान कागजमा स्वीकारेको अवस्थामा पनि अंशियारले आफ्ना आमाबाबुको तर्फबाट पाउनु पर्ने अंशभाग परित्याग गरेको मानिने । (प्रकरण नं.८) एकपटक अंश परित्याग गरिसकेको व्यक्तिले पुनः उही अंशियारहरूबाट अंशहक माग गर्न र प्राप्त गर्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजबहादुर के.सी. प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री चन्द्रमणि पौडेल र श्री दीपक सेन अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या. श्री किरणप्रसाद शिवाकोटी नुवाकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट माननीय न्यायाधीश श्री विदुरविक्रम थापा पुनरावेदन अदालत पाटन फैसला न्या. तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः- तथ्य खण्ड मेरा बाजे युसुफ मियाँका २ छोराहरूमा पिता अब्दुल हमीद जेठा र कमर हुसेन कान्छा भई निजहरूले आ-आफूले पाउने अंश हामीले थाहा नपाउँदै लिई छुट्टी भिन्न बसेका थिए । पिता अब्दुल हमीद र आमा सेरा विविबाट हामी ५ भाइछोराहरू क्रमशः जेठा म अब्दुल हक, माइला अब्दुल मजीद, साइँला अब्दुल रसिद, काइँला अब्दुल रहिम र कान्छा विपक्षी अब्दुल करिमको जायजन्म भएको हो । पिता अब्दुल हमीद २०४७ सालमा र आमा सेराविवि २०५९ सालमा आ-आफ्नो कालगतिले परलोक हुनुभयो । यसैगरी भाइहरू साइँला अब्दुल रसिद २०५८ सालमा र काइँला अब्दुल रहिम २०६३ सालमा आ-आफ्नो कालगतिले परलोक भए । हाल जीवित म अब्दुल हक, माहिला अब्दुल मजिद र कान्छा विपक्षी अब्दुल करिम छौं । परलोक भएका भाइहरूका श्रीमती र सन्तानहरू छन् । यसैगरी हामी जीवित भाइहरूका पनि श्रीमती र सन्तान छन् । विवाह गर्न बाँकी कोही छैन । सबैको विवाह भई सन्तान जायजन्म भइसकेको छ । म फिरादी अब्दुल हक जेठा छोराको नाताले पाउनुपर्ने अंश हालसम्म पाएको लिएको छैन । अन्य भाइहरूले आफूले पाउने अंश पिता जीवित छँदै२०३३ सालमा नरम करम मिलाई छुट्टी भिन्न भई बसिसकेका र विपक्षी अब्दुल करिमसँग पिता र माता एकाघरमा बसिआएका हुँदा पुर्खौली जमिन घरहरू पिता वृद्ध भएकाले विपक्षीले नै आफ्नो नाममा नाप जाँच गराएका थिए । यही मिति ०६८ साल माघको १५ गते आइतबार बिहानको समयमा पिताको सम्पत्तिबाट मैले पाउने अंश देउ भनी विपक्षीलाई विपक्षीकै घरमा गई भन्दा दिन्न; जानेको गर भनेका, अन्य भाइहरू आ