निर्णय नं. ४३४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३४७ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०७/०६ २३६५ निर्णय नं. ४३४७ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको स.अ.फौ.सा.नं. २६ फैसला भएको मिति : २०४८।७।६।४ मा वादी : धुपकलीदेवीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.रौतहट ब्रमपुरी गा.पं. वडा नं. १ बस्ने रतन सिंह भन्ने रत्नेश्वरप्रसाद सिंहसमेत मुद्दा : कर्तव्य ज्यान (१) मौकाको कागजमा आफू वारदातस्थलमा रही मृतकलाई प्रहार गरेको भन्ने कुरा स्वीकार गरेको र शव परीक्षण प्रतिवेदन, लाश जाँच मुचुल्का समेतमा उल्लेख भएको घाउ चोटको प्रकृति मौकाको कागजसंग सामन्जस्य रही सो स्वीकारोक्तिलाई समर्थन गरेको प्रमाणित भएकोले ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. १९) फैसला न्या.केदारनाथ उपाध्याय १. मिति २०४१।१२।१६ गते बेलुकी ९ बजे लोग्ने ललन सिंह घरबाट निस्की बाहिर जानु भएकोमा ऐ. १७ गते बिहानसम्म घर नआउनु भएकोले खेतमा गई हेर्दा निजको आङ जिउमा काटेको र मृत अवस्थामा रहेको देखिँदा जाहेर गर्न आएको छु । रत्नेश्वरप्रसाद सिंह, नागेश्वर महरा, अच्छेलाल महरा समेत भई लोग्नेलाई निर्मम हत्या गरेको हुँदा निज (साविक पेज नं. ४३७) हरुलाई पक्राउ गरी ज्यानसम्बन्धी महल बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको धुपकलीदेवीको मिति २०४१।१२।१७ को जाहेरी दर्खास्त । २. मृत ललनसिंह राजपुतको लाश जत्रतत्र घोचेको काटेको देखिने भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ३. ललन सिंहको झगडियाले खेतमा रहरी काटी बोझा पारी रहेको अवस्थामा नागेश्वर महरा, अच्छेलाल महरा, रामआश्रे महरा समेत अरु नचिनेका ३।४ जनाले समेत हामीलाई प्रहार गर्न लागेकाले हामी भाग्यौं भनी बाबुले भन्नु भएकोले म पनि हेर्न गएको थिएँ भन्ने समेत व्यहोराको रामानन्द तत्माको प्रहरीमा भएको कागज । ४. रत्नेश्वरप्रसाद सिंह समेतका व्यक्तिहरुले ललन सिंहलाई कर्तव्य गरी मारेका हुन् मैले उज्यालोबाट रामआश्रे समेतलाई चिनें भन्ने समेत व्यहोराको चुल्हाई दास तत्माको प्रहरीमा भएको कागज । ५. राजु सिंहले हातमा लिएको धार भएको फलामे गडासा देखाई हल्ला गरिस् भने मारी दिन्छु भनी भनेकोले हामी भागी गएका हौं भन्ने समेत व्यहोराको रघुनी महराको प्रहरीमा भएको कागज । ६. मैले उम्कनको लागि बर्छीले मृतकको आङ जिउमा २।३ पटक प्रहार गर्दा नागेश्वर, अच्छेलाल, रामआश्रे समेतले जत्रतत्र लाठी भाला गडासा प्रहार गर्दा ललन सिंहको घटनास्थलमा मृत्यु भएको हो भन्ने समेत व्यहोराको रत्नेश्वरप्रसाद सिंहले प्रहरीमा गरेको बयान कागज । ७. नागेश्वर, अच्छेलाल, रामआश्रे, राजु सिंह समेत भई आज मानिसको ज्यान लिनु पर्छ भनी सल्लाह गरेका र नागेश्वर समेतको कीर्ते मोही मुद्दा भएको र नागेश्वरले बोकेको मोही निष्काशन मुद्दा हारेकाले सोही रिसइवीबाट कर्तव्य गरी मारेको होलान भन्ने केही व्यक्तिको र राजु सिंह भारतमा बस्छन् रत्नेश्वर भलाद्मी मानिस हुँदा निजहरुलाई रिसइवीको कारणबाट ज्यान मुद्दा चलाएका होलान भन्ने केही व्यक्तिको भनाई सरजमीन मुचुल्का । ८. संकलित सबूद प्रमाणको आधारमा अभियुक्त रत्नेश्वर प्रसाद सिंह, राजु सिंह, नागेश्वर महरा, अच्छेलाल महरा, राम आश्रे महरा समेतका ५ जना अभियुक्तहरुले ललन सिंहलाई हातहतियार प्रयोग गरी मारेको प्रमाणित हुन आएकोले निजहरुलाई मुलुक