निर्णय नं. १०२३८ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२३८ - निषेधाज्ञा भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०१/०९ ४००२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई फैसला मिति : २०७५।१।९ ०७१-CI-०१६३ मुद्दाः निषेधाज्ञा पुनरावेदक / निवेदक : का.जि.का.म.न.पा वडा नं.२५ मखन भई हाल का.म.न.पा. वडा नं.१३ बस्ने वर्ष ४८ को सुरेशराज मानन्धर विरूद्ध प्रत्यर्थी / विपक्षी : लुम्बिनी फाइनान्स एण्ड लिजिङ कं. लि. त्रिदेवीमार्ग ठमेल, काठमाडौं साबिकबाट प्रयोग हुँदै आएको बाटो र सो बाटोको सम्बन्धमा भएको करारबमोजिमको काम कारबाही अन्यथा बदर नभएसम्म जग्गाको हक हस्तान्तरण जुनसुकै तरिकाले भएपनि दाताबाट भएको जग्गासम्बन्धी अघिल्लो काम कारबाहीहरू हक हस्तान्तरबाट हक कायम हुन आएका जोसुकैले पनि मान्दिन भन्न पाउने नदेखिने । (प्रकरण नं.३) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद ढुंगाना प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा आदेश गर्नेः- माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा माननीय न्यायाधीश श्री द्वारिकामान जोशी पुनरावेदन अदालत पाटन आदेश न्या.डा. आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई यस अदालतमा पुनरावेदन परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- मेरो पिता लक्ष्मीराज मानन्धरको नाउँ दर्ता कायम रहेको कि.नं. ८७ र सो जग्गाको पूर्वतर्फका सँधियार प्रत्यर्थी प्रकाशबहादुर श्रेष्ठको नाममा दर्ता रहेको कि.नं. ९५४ को जग्गाभित्रसम्म जान दुवै पक्षले ५/५ फिट जग्गा छोडी १० फिटे बाटो कायम गर्ने गरी मिति २०५५।७।३० मा करारनामा गरी दुवै पक्षले निर्विवाद रूपमा प्रयोग गर्दै आएका छौं । उक्त २०५५।७।३० को करारपत्रबमोजिम नयाँ नापीको नक्सामा बाटोमा परेको दुवै पक्षको जग्गाबाट १० फिट संयुक्त बाटो भनी नक्सामा जनाउन भनी पटकपटक प्रत्यर्थी प्रकाशबहादुरलाई भन्दा आज भोलि भनी आलटाल गर्दै आउनु भएकोले मिति २०६९।९।२० मा दे.नं.०३७७० को बाटो कायम मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरी करारबमोजिम बाटो कायम हुने गरी ऐ. अदालतबाट मिति २०७०।२।२६ मा फैसला भएको छ । मिति २०७०।३।२० को राजधानी पत्रिकाको पृष्ठ ९ मा प्रकाशित सूचनामा प्रत्यर्थी प्रकाशबहादुरले रविन्द्रमान मल्ल सञ्चालक भएको दि ल्याण्ड मार्क अपार्टमेन्ट प्रा.लि., कमलादी वडा नं.३१, काठमाडौंका लागि उक्त साबिक कि.नं.९५४ हाल कि.नं.८७ को जग्गा प्रत्यर्थी लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडमा धितो दिनुभएकोमा उक्त जग्गा सूचना प्रकाशित भएको मितिले आठौं दिन अर्थात् मिति २०७०।३।२७ गते लिलाम गर्ने भनी थाहा पाई सो लिलामीबाट २०५५ सालदेखि नै बाटो कायम गरी आवतजावत गरी आएको बाटो लिलाममा जग्गा लिनेले बन्द गर्न सक्ने र काठमाडौं जिल्ला अदालतको बाटो कायम गर्ने उक्त फैसला कार्यान्वयनमा समेत झमेला उत्पन्न हुने सम्भावना रहेको छ । प्रत्यर्थी प्रकाशबहादुरको नामको उक्त कि.नं. ८७ को जग्गा लिलाम भएमा उक्त जग्गाको पश्चिमतर्फबाट पूर्व पश्चिम ५(पाँच) फिट र उत्तर दक्षिण उक्त कित्ताको सुरूदेखि अन्तसम्म २०५५ सालदेखिको मसमेतले उत्तरतर्फको मूल सडकमा जाने निर्वाध आवतजावत गरी आएको एक मात्र बाटो लिलामीबाट बन्द हुने सम्भावना भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ३, ६, १२ द्वारा प्रदत्त अधिकारका प्रचलनमा आघात पर्ने शंका लागेकोले सोही ऐ