निर्णय नं. १०२४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२४० - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/१२/२८ २५८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७४।१२।२८ ०७२-WO-०४९९ विषयः उत्प्रेषण निवेदक : सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गा.वि.स. वडा नं.६ मा स्थापित भई सञ्चालनमा रहेको मेलम्ची ध्याङ निम्न माध्यमिक विद्यालय, हेलम्बुको तर्फबाट अख्तियार प्राप्त ऐ. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पासाङ तेम्बा लामा विरूद्ध विपक्षी : नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमिसुधार तथा व्यवस्थापन विभागअन्तर्गत मालपोत कार्यालय, सिन्धुपाल्चोक, चौतारासमेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी सम्पत्ति संरक्षण गर्ने हेतु निर्देशन दिँदा पनि "यस्तो निर्णय गर्नु" भनेर किटान गरी दबाबमूलक ढंगले दिने पनि होइन । आफ्नो क्षेत्राधिकारभित्रको कार्यमा कानूनसम्मत ढंगबाट ‍निश्‍चित प्रक्रिया अवलम्बन गरी क्षेत्राधिकार भएका निकायले नै आवश्‍यक कागजात प्रमाण बुझी सबै प्रक्रिया पूरा गरेर तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने स्वतन्त्र अधिकारक्षेत्रलाई मिच्ने, संकुचन, नियन्त्रण एवं निर्देशित गर्ने हिसाबले निर्देशन दिन नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री श्यामराज ढुङ्गेल र विद्वान्‌ अधिवक्ता श्री अभिषेक अधिकारी विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री देवी खड्का, विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रराज पोखरेल र विद्वान्‌ अधिवक्ता श्री दिपेन्द्र थापा अवलम्बित नजिर : सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०३३ मालपोत ऐन, २०३४ आदेश न्या. तेजबहादुर के.सी.: नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- यो विद्यालय सार्वजनिक सरकारी विद्यालयको रूपमा २०४५ सालमा स्थापना भई स्थापनाकालदेखि नै विवादित गुठी जग्गामा आफ्नो भवन बनाई निरन्तर सञ्चालनमा रहेको छ । यस विद्यालयको क्रमशः स्तरोन्नति गर्दै हाल सिन्धुपाल्चोक जिल्लाको मात्र नभएर देशकै नमुना सार्वजनिक माध्यमिक विद्यालयको रूपमा सञ्‍चालन भइरहेको छ । दुर्गम क्षेत्रमा शिक्षा विकास गर्ने सार्वजनिक हितमा सदैव यो विद्यालय रहेको छ । नापीका समयमा फिल्डबुकमा चिहान डाँडा जनिएको विवादित सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गा.वि.स. वडा नं. ६ कि.नं. ५३३ को क्षेत्रफल १४-१३-३-३ जग्गा साबिकदेखिको बौद्ध घ्याङ गुठी (छुट गुठी) अन्तर्गतको जग्गा हो । उक्त जग्गाको सालसालै बुझाउनु पर्ने कुतबाली विद्यालयले बौद्ध घ्याङ गुठीमा बुझाई भरपाइसमेत प्राप्त गरी आएको हो, थियो । यसमा कुनै विवाद थिएन, छैन । विद्यालयले मोहीका हैसियतले बौद्ध घ्याङ गुठीलाई सालसालैको कुतबाली बुझाउँदै आए तापनि दर्तावाला मोहीको हैसियत प्राप्त नभएको अवस्थामा तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्‌को मिति २०६०।१०।२९ को निर्णयअनुसार गुठी अधीनस्थ गुठी जग्गा दर्ता समस्या समाधान गर्न मालपोत ऐन, २०३४ को दफा ७(१)(क) अनुसार गठित समितिको निर्णयअनुसार विवादित कि.नं.५३३ को जग्गा यस विद्यालयको नाममा मोहियानी दर्ता भएको हो । तत्पश्चात् गुठी ऐनअन्तर्गत गुठी जग्गा कानूनबमोजिम रैतान नम्बरीमा परिणत भई जग्गाधनी पुर्जासमेत प्राप्त गरेको छ । जुन कार्य र निर्णयहरू अन्तिम भएर बसेको छ । विवादित कि.नं ५३३ को क्षेत्रफल १४-१३-३-३ को सरकारी जग्गा कानूनविपरीत