निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/११/२६ ६६१४ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।११।२६ मुद्दा: मानव बेचबिखन तथा ओसारपसार ०७२-CR-१०५१ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला शिखरबेसी गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय नुवाकोटमा रहेको वसन्त परियार विरूद्ध विपक्षी / वादी : भैरवबहादुरको जाहेरीले नेपाल सरकार ०७२-CR-१९२४ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला शिखरबेसी गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय रसुवामा थुनामा रहेको कान्छा भन्ने रवि नेपाली विरूद्ध विपक्षी / वादी : भैरवबहादुरको जाहेरीले नेपाल सरकार ०७२-CR-१९३१ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला उर्लेनी गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको मनोज परियार विरूद्ध विपक्षी / वादी : भैरवबहादुरको जाहेरीले नेपाल सरकार प्रतिवादीले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी alibi को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । त्यस्तो alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखित प्रमाणबाट समर्थित हुनसके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिको विरूद्ध नै प्रमाण लाग्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री राजन अधिकारी र श्री भिमप्रसाद ढकाल विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६९, अंक १०, नि.नं.९०६४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू फैसला गर्ने : मा. जिल्ला न्या. श्री किरणप्रसाद शिवाकोटी नुवाकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ: नुवाकोट जिल्ला, नर्जामण्डप गा.वि.स. वडा नं.७ घर भई हाल नुवाकोट जिल्ला, थानसिङ गा.वि.स वडा नं.८ माइतीघरमा बस्दै आएकी मेरी बहिनी अं. वर्ष २७ की .............. र निजको छोरी तथा मेरा भान्जीहरू .............. र ..............समेत जना ३ लाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी प्रतिवादीहरू मनोज परियार, कान्छा भन्ने रवि नेपाली र वसन्त परियारसमेत एकआपसमा मिली मिति २०६८।१२।१२ गते आफू बसेको स्थानबाट भारतमा लगी बिक्री गरेका हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने पीडितको सहोदर दाजु भैरवबहादुर नेपालीको जाहेरी दरखास्त । मिति २०६९।०५।१६ गते (1st Sep 2012) राति २२:५६ बजेको समयमा ९१९६५४३६८४१९ नम्बरको भारतीय मोबाइलबाट पीडितकी दिदी नाता पर्ने सरस्वती नेपालीले प्रयोग गर्ने गरेको ९८०३९७९८२५ नम्बरको मोबाइलमा भएको कुराकानीको कल विवरण । प्रतिवादीहरू वसन्त परियार र रवि नेपाली मेरा पहिलेदेखिका चिनजानका साथी हुन् । मिति २०६८ साल चैत्