निर्णय नं. १०२४३ - वैदेशिक रोजगार ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२४३ - वैदेशिक रोजगार ठगी भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०१/१९ ७६७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।१।१९ ०६८-CR-०१०२ मुद्दाः- वैदेशिक रोजगार ठगी पुनरावेदक / वादी : बुद्धिमान सुनुवारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं गोलढुङ्‍गा गा.वि.स. वडा नं. १ बस्ने तेजबहादुर तिवारीको श्रीमती टिकामाया सुनुवार (तिवारी) शंकास्पद कथनका आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.६) वैदेशिक रोजगारीमा पठाउने प्रयोजनका लागि रकम लिएको तथ्य स्थापित नभए पनि लिखतमा उल्लिखित रकम लिएको कुरा अन्यथा प्रमाणित नभएसम्म प्रतिवादीलाई देवानी दायित्व (Civil Liability) अन्तर्गत लिखतबमोजिमको रकम कानूनबमोजिम असुलउपर गर्न पाउने नै हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीले यस मुद्दाबाट फौजदारी दायित्व (Criminal Liability) बेहोर्नु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७३, अंक १, नि.नं.९९३९ ने.का.प.२०७५, अंक ५, नि.नं.१००१७ सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०४२ वैदेशिक रोजगार ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः सदस्य श्री अग्नीप्रसाद थपलिया सदस्य डा. श्री रवि शर्मा अर्याल श्री वैदेशिक रोजगार न्यायाधिकरण फैसला न्या.दीपककुमार कार्की : वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१।८।२१ को फैसलाउपर वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) र न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षीले मलाई वैदेशिक रोजगारमा बेलायत पठाउन भनी मिति २०६३।७।१४ गते मसँग रू.७९३,०००।- (सात लाख त्रियानब्बे हजार) र सक्‍कल राहदानीसमेत लिनु भई ३ महिनाभित्र विदेशमा रोजगारीको लागि पठाउने छु, पठाउन नसके वैदेशिक रोजगार ऐनबमोजिम गरी उक्त रकम र क्षतिपूर्ति लिनुहोला भन्ने बेहोराको लिखत कागज गरिदिनु भएकोमा बारम्बार ताकेता गर्दासमेत मलाई रोजगारमा नपठाई रकम र राहदानीसमेत नदिई आलटाल गरी ठगी गरेकोले विपक्षीलाई विभागबाट पक्राउ गरी उक्त रकम रू. ७९३,०००।- (सात लाख त्रियानब्बे हजार) र सोको ५०% ले हुने हर्जाना क्षतिपूर्ति रू.३,९६,५००।- (तीन लाख छयानब्बे हजार पाँच सय) समेत जम्मा रू.११,८९,५००।- (एघार लाख उनान्नब्बे हजार पाँच सय) र सक्‍कल राहदानीसमेत दिलाई भराई निज विपक्षीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीतको कार्य गरेकोले ऐ. ऐनको दफा ४३ बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला बुद्धिमान सुनुवारले वैदेशिक रोजगार विभागमा मिति २०६६।१०।४ मा दिएको जाहेरी दरखास्त । जाहेरवालासँग मैले रू.४,५०,०००।- (चार लाख पचास हजार) मात्र लिएको हो । मेरो पहिलाको श्रीमान् ब्रिटिस आर्मीमा काम गर्नुहुन्थ्यो, बहालमा रहँदै वहाँ बित्‍नुभयो । वहाँको बाँकी रकम तथा अन्य सुविधाहरू ब्रिटिस आर्मीको अफिसबाट लिनको लागि बुद्धिमान सुनुवारले लाग्ने खर्च लगानी गर्ने र ब्रिटिस आर्मीबाट आउने रकम हामी दुवैले आधा आधा बाँडी लिन मन्जुर भई निज बुद्धिमानले मलाई पैसा दिएका हुन् । मैले ब्रिटिस आर्मीको अफिसमा गई काम गर