निर्णय नं. १०२४५ - जग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२४५ - जग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ । भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/११/३० ५६८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।११।३० ०७१-CI-०८८३ मुद्दा:- जग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ । पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, साबिक कुदान गाउँ विकास समिति, हाल कपिलवस्तु नगरपालिका, वडा नं.८ मौजे सेमरहवा बस्ने लालसा धोबी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु, परसोहिया गाउँ विकास समिति, वडा नं.१ मौजा परसोहिया बस्ने गुलाबकुमार मिश्र जग्गाको वास्तविकता सर्भे नापीको नक्सा र सोही नक्साको आधारमा तयार गरिएको टायल चेकबाट आएको जग्गाको क्षेत्रफललाई नै आधिकारिक क्षेत्रफल मानिने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री नरेन्द्रकुमार के.सी. प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा.जिल्ला न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत बुटवल फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअर्न्तगत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एव ठहर यसप्रकार छः- म वादीको नाउँमा दर्ता भोग चलनको जिल्ला कपिलवस्तु गाउँ विकास समिति, गोटीहवा वडा नं.२ (क) कि.नं.२४६ को ज.वि. ०२० जग्गामध्ये विपक्षी विजयसेन चौधरीले उत्तरतर्फबाट पूर्व मोहडातर्फबाट अन्दाजी १.५ मिटर उत्तर-दक्षिण चौडाई पश्‍चिमतर्फ अन्दाजी ३ मिटर चौडाई र लम्बाई पूर्व-पश्‍चिम अन्दाजी ८१ मिटर गरी ज.वि.००१० धुर जग्गा मिति २०६९।३।२५ गते बिहान अन्दाजी ८ बजेको समयमा जबरजस्ती कब्जा गरी उत्तरतर्फ रहेको आफ्नो कि.नं.७४४ को जग्गामा मिलाई केही भागमा पक्‍की घर बनाउन जगसमेत खन्‍ने पुर्ने, जग बनाउने, माटो निकाल्ने गरेको र विपक्षीमध्येका लालसा धोबीले उल्लिखित मेरो जग्गामा दक्षिणतर्फबाट पूर्व मोहडातर्फ अन्दाजी १.५ मिटर चौडाई उत्तर-दक्षिणतर्फबाट पूर्व मोहडातर्फ उत्तर-दक्षिण अन्दाजी २ मिटर र पूर्व-पश्‍चिम लम्बाई अन्दाजी २४ मिटर गरी अन्दाजी ज.वि. ०२२१/२ जग्गा जबरजस्ती कब्जा गरी दक्षिणतर्फ रहेको कि.नं.२४७ को जग्गामा मिलाई पक्‍की घर बनाउन जग खन्‍ने पिलर बनाउने कार्य गरेको र विपक्षीमध्येका रामदयाल कुर्मीले पनि उक्त जग्गाको दक्षिण-पश्‍चिमतर्फबाट पूर्वतर्फ अन्दाजी २ मिटर चौडाई पश्‍चिमतर्फ अन्दाजी ३ मिटर चौडाई पूर्व-पश्‍चिम लम्बाई अन्दाजी ५६ मिटर गरी जम्मा ज.वि.००७१/२ जग्गा कब्जा गरी आफ्नो कि.नं.२४८ र २४९ को जग्गामा मिलाई कब्जा गरी विपक्षीहरूले अनधिकृत रूपमा जबरजस्ती मेरो जग्गा कब्जा गरी घर बनाउन जग खन्‍ने बनाउनेसमेत कार्य गरी कब्जा खिचोला गरेकोले कब्जा खिचोला मेटाई जग भत्काई चलन चलाई पाउँ भन्‍ने फिराद पत्र । जिल्ला कपिलवस्तु गाउँ विकास समिति, गोटिहवा वडा नं.२(क) कि.नं.२४७ को जग्गासमेत म प्रतिवादीको नाउँमा दर्ता भई मैले हक भोग गरी आएको आफ्नो नाउँ दर्ताको जग्गामा अघिदेखि नै निर्माण कार्यसमेत गरी भोग गरी आएको छु । कुनै नयाँ घर बनाएको होइन भन्‍ने प्रतिवादी लालसा धोबीको प्रतिउत्तर पत्र । प्