निर्णय नं. १०२४७ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२४७ - सम्बन्ध विच्छेद भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/१२/२३ ८९७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।१२।२३ ०७२-CR-००२३ मुद्दा: सम्बन्ध विच्छेद पुनरावेदक / वादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.९ कोवहाल टोल बस्ने माधव मंगल जोशीको छोरी मेदिना जोशी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.९ भोलाछे टोल बस्ने हरिलाल श्रेष्ठको छोरा मनिषलाल श्रेष्ठ आमा वा बाबु जोसँग बसेपनि आफू नबसेको बाबु वा आमालाई चाहेको अवस्थामा बेलाबखत भेट गर्न पाउने कुरा बालकको सर्वोत्तम हितसँग तथा निजको माया ममता पाउने र आफूले समेत माया ममता गर्न पाउने हकसँग सम्बन्धित विषय हो । साथै बाबु र आमाको पनि आफ्नो बच्चालाई माया ममता गर्न पाउने, निजको हेरविचार गर्न पाउने कर्तव्यका साथै अधिकार पनि हुने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७०, अंक ३, नि.नं.८९७९, पृ.३९३ सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ न्याय प्रशासन ऐन, २०४८ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री बाबुराजा कार्की ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री पुष्पराज कोइराला माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह पुनरावेदन अदालत पाटन फैसला न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- म फिरादी मेदिना जोशीको विपक्षी मनिषलाल श्रेष्ठसँग विगत केही वर्षअगाडिदेखि प्रेम भई मिति २०५९।१०।०९ मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । केही समयपछि पतिमा मप्रति नराम्रो व्यवहार आयो । एउटा बुहारी भएको नाताले आफूले गर्नुपर्ने दायित्वबाट म कहिल्यै पछि हटिन । विवाह भएको तेस्रो वर्षमा गर्भवती अवस्थामा पनि विपक्षी, पति तथा सासूले घरको काममा केही सहयोग नगर्ने, घरमा आउने प्रत्येक चाड, पर्व, पूजाआजादेखि लिएर घरमा आउने पाहुनाहरूलाई खुवाउनु पर्नेलगायतका सम्पूर्ण दायित्व मेरो नै थियो । म फिरादीको पहिलो बच्चा Miscarriage हुँदा बिरामी भएको अवस्थामा घरको सम्पूर्ण काम गर्नुपर्ने सासू तथा पतिले गरेको भेदभावपूर्ण व्यवहारले असाध्यै गरेको थियो । मैले घर परिवार सुखमय होस् भन्नाका खातिर धेरै दुःख कष्ट सहेर पनि घर समाल्दै आएँ । मिति २०६४।९।२० मा छोरा मनग्यलाल श्रेष्ठको जन्म भयो । छोरा जन्मेकोमा घरमा खुसीयाली आएकोले अबका दिन सुखमय हुन्छ भन्ने आशा गरेकी थिएँ । विपक्षी पतिको चाहनाअनुसार भएन भने अश्लिल शब्द प्रयोग गरी गाली गलौज गर्ने, कुटपिट गर्ने, मार्छु भन्न पनि पछि परेनन् । यस्तो शारीरिक, मानसिक तथा यौनजन्य घरेलु हिंसाले मेरो भावनामा चोट पुग्ने कार्य विपक्षी पतिबाट बारम्बार भइरह्यो । आफ्नो चाहना नहुँदा मलाई जबरजस्ती गर्न आउने र मैले भनेको नमान्ने भए यस घरबाट निक्ली जा भनी मलाई घरबाट निकाला गरे । मैले छोराको कारणले गर्दा आत्महत्या गर्न सकिन र बाध्य भई छोराको भविष्यको खातिरमा माइती घरमा आएँ । सँगै बस्दा विपक्षी पतिबाट कुनै बेला मेरो जिउ ज्यानमा खतरा हुन सक्ने हुँदा मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको १ नं. को देहाय २ बमोजिम लोग्ने स्वास्नीको नाता सम्बन्ध विच्छेद