निर्णय नं. ४३४८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३४८ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/२९ २७२५ निर्णय नं. ४३४८ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजङ्ग रायमाझी सम्वत् २०४५ सालको रिट नं. १२८९ आदेश भएको मिति : २०४८।८।२९।१ मा निवेदक : जि.खोटाङ खर्क दुदेला गा.पं. वडा नं. ८ बस्ने चन्द्र प्राथमिक विद्यालयको शिक्षक पार्जुन कोयी विरुद्ध (साविक पेज नं. ४३९) विपक्षी : जिल्ला शिक्षा कार्यालय खोटाङका जिल्ला शिक्षा अधिकारी राजकिशोर सिंहसमेत विषय : उत्प्रेषण (१) बर्खासी पत्रमा निर्णय उपर शिक्षा ऐन, २०२८ को दफा १८(२) मा गरिएको व्यवस्था बमोजिम पुनरावेदनको म्याद नदिई चित्त नबुझे सम्बन्धित कार्यालयमा उजूर गर्न जानु भन्ने सम्म उल्लेख गरेको, जसबाट निवेदकलाई अ.बं. १९३ नं. बमोजिम रीतपूर्वकको पुनरावेदनको म्याद दिइएको भन्न नमिल्ने, सो पत्र त्यस हदसम्म अमान्य भई निवेदकलाई रीतपूर्वकको पुनरावेदनको म्याद दिनु भनी विपक्षी विद्यालय संचालक समितिका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.कृष्णजंग रायमाझी १. सर्वोच्च अदालत नियमावली तथा नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. निवेदकले चन्द्र प्राथमिक विद्यालय दुदेला जिल्ला खोटाङको प्रधानाध्यापक पदमा ६ महीनाको लागि परीक्षण कालमा रहने गरी र ३ महीनाभित्र आवश्यक तालिम पूरा गर्नु पर्ने पनि शुरुमा सो नियुक्तिलाई सो शर्त प्रमाणित अवधिसम्म सेवा गरी आएको र बीचमा २०३१।९।८ मा प्रधानाध्यापक पद र त्यसपछि २०३१।१२।३१ को जिल्ला शिक्षा कार्यालयको पत्रानुसार जिल्ला शिक्षा सेवा आयोगको २०३१।१२।२९ को सिफारिश अनुसार जिल्ला शिक्षा समिति खोटाङबाट च.नं. २०९४(क) को पत्रानुसार स्थायी नियुक्ति भई सेवा गर्दै आएकोमा बिना कारण सेवाबाट बर्खास्त गर्ने अधिकार विपक्षी जिल्ला शिक्षा अधिकारीलाई शिक्षा ऐन (संशोधन सहित), २०४४ को कुनै दफाले दिएको छैन । शिक्षा ऐन (संशोधन सहित), २०४४ को दफा १९ को उपदफा (१) को खण्ड (द) मा विद्यालय शिक्षक तथा अन्य कर्मचारीहरुको बहाली बर्खास्त र सेवा सम्बन्धी अन्य शर्तहरुमा नियम बनाउन सक्ने भन्ने उल्लेख भएको छ । सो अनुसार बनेको शिक्षा नियम, २०२८ (संशोधन सातौंको) को नियम २८ को उपनियम ३ अनुसार पुनरावेदन गर्न पाउनेमा सो समेत अपहरण गरिएको छ । शिक्षा नियम, २०२८ को नियम ४७(क) मा नोकरीबाट बर्खास्त गर्दा ८ वटा उपदफा उल्लेखित छन । तिनमा गयल भएमा भन्ने उल्लेख छैन । म निवेदक गयल परेको नभई थुनामा परेको र थुनामा परेको बेला गैर हाजिर भएको दिनको तलबसम्म नपाउने नियम ३९(४) मा व्यवस्था छ । २. मिति २०४५।४।३० मा रिट नं. ८४७ को विपक्षी जि.शि.अ. विरुद्ध मैले प्रतिशोध सहित उत्प्रेषणको रिट दिएको पूर्व रिसइवी राखी मलाई सेवाबाट हटाउने धारणा लिनु भएको कुरा हाल प्रष्ट हुन आयो । मिति २०४५।८।७।३ को र २०४५।९।२०।२ को पत्रानुसार वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको (साविक पेज नं. ४४०) बहु विवाह मुद्दा र वादी भिमबहादुर राई प्रतिवादी निवेदक भएको जारी मुद्दामा १ महीना २६ (छब्बिस) दिन थुनामा बसी मिति २०४५।१०।३० मा कैदबाट छुटी आएको, आउँदा मिति २०४५।१०।१८ मा हिउँदे बिदाबाट विद्यालय खुलेको दिन हाजिर हुन जाँदा २०४५।८।४