निर्णय नं. १०२४८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२४८ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/०७/२६ ८६७१ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा फैसला मिति : २०७४।७।२६ मुद्दाः कर्तव्य ज्यान ०७२-CR-०६५५ पुनरावेदन / प्रतिवादी : जिल्ला मोरङ, डाँगीहाट गाउँ विकास समिति वडा नं. ५ लक्ष्मीमार्ग घर भई हाल कारागार कार्यालय, काठमाडौंअन्तर्गत केन्द्रीय कारागार जगन्‍नाथदेवलमा थुनामा रहेको अंकित ढकाल विरूद्ध प्रत्यर्थी / वादी : कृष्‍णप्रसाद पराजुलीको जाहेरीले नेपाल सरकार ०७२-CR-०९३५ पुनरावेदन / वादी : कृष्‍णप्रसाद पराजुलीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, डाँगीहाट गाउँ विकास समिति वडा नं.५ लक्ष्मीमार्ग घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३३ बस्ने यज्ञराज ढकालको छोरा अंकित ढकाल अनिच्छित वा अन्जानमा भएको कार्यमा कर्तालाई कम जिम्मेवार तुल्याउनको लागि मुलुकी ऐन, ज्यानसम्बन्धीको ५, ६ नं. मा त्यस्तो कार्यलाई भवितव्यको संज्ञा दिएको देखिन्छ । प्रतिवादीको योजना, मनसाय र परिकल्पनाभन्दा बाहिरको अकल्पनीय अकस्मात घटना घट्न गएको अनिच्छित कार्यबाट भएको कसुरलाई गम्भीर कसुर मानी ठूलो दण्ड गरिनु न्यायसम्मत नहुने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पशुपति आचार्य काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री चण्डीराज ढकाल पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मेरो छोरा वर्ष १७ को रितेश पराजुली कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । मिति २०६९।१२।०४ गतेका दिन दिउसो काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ धोबीधारा नजिक छिरीङ्ग लामाले सञ्चालन गरेको न्यू हेवेन रेस्टुरेन्टमा चिया खाइरहेको अवस्थामा प्रतिवादी अंकित ढकालसमेतले के कुन रिसइवीको कारण निजको साथीहरूसमेत भई रडसमेत प्रहार गरी बेहोस बनाई छिमेकीसमेतले मोडल अस्पताल बागबजारमा लगी जाँच गराउँदा मृत्यु भइसकेको भन्‍ने जानकारी हुन आएकोले निज प्रतिवादीसमेतलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअनुसार हदैसम्मको कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको कृष्णप्रसाद पराजुलीको जाहेरी दरखास्त । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३३ भाष्करमार्गमा मीरा लोहनीको हरियो रंगको घर, सो घरमा छिरीङ्ग लामाले न्यू हेवेन रेस्टुरेन्ट सञ्चालन गरेको, भुइँतला र दोस्रो तलामा रेस्टुरेन्ट, बिच भागमा किचेन कोठा रहेको, भुइँतलाको कोठामा कार्पेट बिच्छ्याई कार्पेटमाथि पातलो गलैँचा रहेको, उत्तर दक्षिणतर्फ २।२ वटा टेबुल रहेको सस्, पानीको बोतल टेबुलमाथि रहेको, भित्तामा रगतजस्तो चिजवस्तु फेला परेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ बागबजार स्थित काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षभित्र रहेको स्टेचरमाथि खैरो रंगको कम्मलले छोपी राखेको, उक्त कम्मल हटाई हेर्दा दक्षिण टाउ