निर्णय नं. १०२४९ - तामेली जगाई बन्डा छुट्याई नामसारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२४९ - तामेली जगाई बन्डा छुट्याई नामसारी गरिपाऊँ । भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/०८/२६ ९७६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७४।८।२६ ०६९-CI-०५९० मुद्दा : तामेली जगाई बन्डा छुट्याई नामसारी गरिपाऊँ । पुनरावेदक / प्रतिवादी : झापा जिल्ला, धरमपुर गा.वि.स. वडा नं. २ बस्ने नन्दबहादुर नेपाल विरूद्ध प्रत्यर्थी / वादी : तेह्रथुम जिल्ला, तम्फुला गा.वि.स. वडा नं. ५ बस्ने सावित्री नेपालको मु.स. गर्ने बद्रीप्रसाद नेपाल मुलुकी ऐन, दण्ड सजायको ४८ नं. को माथिल्लो भागमा डिसमिस गर्नु हुँदैन भन्ने र तल्लो भागमा तामेलीमा राखिनेछ भन्ने वाक्यांशको अर्थ भनेको सम्बन्धित पक्ष पुनः आएमा त्यस्ता दरखास्तलाई तामेलीबाट जगाई कारबाही गर्नुपर्ने भन्ने नै हो भनी मान्नु पर्ने । अंश मुद्दाको विशिष्ट स्वरूपको परिप्रेक्ष्यमा दण्ड सजायको ४८ नं. को अन्तिम वाक्यांशको तामेली शब्दले फैसला कार्यान्वयन अन्तिम नभएसम्म कारबाही जीवित नै रहने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६८, अंक ९, नि.नं.८६८९ सम्बद्ध कानून : सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री गुणराज ढुंगेल तेह्रथुम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री रमेश पोखरेल पुनरावेदन अदालत धनकुटा फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ: विपक्षीसँगको प्रस्तुत मुद्दामा यस सम्मानित अदालतबाट मिति २०६०।८।४ मा भएको फैसलाको अधीनमा रही बन्डा छुट्याई पाउँ भनी मैले मिति २०६०।१२।२० मा निवेदन दिई मुद्दा कारबाहीको अवस्थामा यस सम्मानित अदालतबाट मिति २०६१।०८।१३ गते हाजिर हुन आउनु भनी तारेख तोकिएकोमा म आफू बिरामी परी काबुबाहिरको परिस्थिति परी २०६२।३।१२ गते अदालतमा आई बुझ्दा तोकिएको तारेखमा उपस्थित नभई तपाइँको तारेख गुज्रन गएकोले ऐनबमोजिम थाम्ने थमाउने सकार गर्ने म्यादसमेत भुक्तान भएकोले दरखास्त दण्ड सजायको ४८ नं. बमोजिम तामेलीमा राखिएको रहेछ र पुनः मिति २०६६।१०।११ मा तामेली आदेशको नक्कल सारी हेर्दा मुद्दा तामेलीमा रहेको कारणबाट म अन्यायमा परेको कुरा स्पष्ट थाहा पाएको हुँ । यसै सम्मानित अदालतबाट फैसला भई फैसलाबमोजिमको आधारमा अंशबापत अंश भागमा पर्ने जग्गा बन्डा छुट्याई पाउँ भनी दिएको निवेदनउपर कुनै कारबाही नै अगाडि नबढाई सानातिना विषयहरूलाई आधारमानी दण्ड सजायको ४८ नं. लगाई अंशजस्तो नैसर्गिक अधिकारको विषयमा रोक लगाइएकोले म अन्यायमा परेको हुँदा र प्रस्तुत मुद्दामा समेत फैसलाबाट प्राप्त सम्पत्ति आफ्नो नाममा नामसारी गरी ल्याउनुपर्ने अवस्था भएकोले उक्त मुद्दामा मैले दिएको दरखास्तलाई डिसमिस गराई अन्यायमा परेको हुँदा प्रचलित ऐन, नियमसरह कानून र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त व्याख्याका आधारमा उक्त विषयहरूसमेत मध्यनजर गर्दै यस सम्मानित अदालतबाट भएको फैसलाबमोजिम सम्पत्ति मेरा नाममा बन्डा गरिपाऊँ । साथै सम्मानित अदालतको फैसलाबमोजिमको जग्गा एवं झापा जिल्ला तोपगाछी गा.वि.स. वडा नं. ९ च.नं. १५४।१४ नक्सा नं. (घ) कि.नं. ४७ क्षेत्रफल १-१०-० हाल