निर्णय नं. १०२५४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२५४ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/१०/१४ १४२४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।१०।१४ ०७२-CI-००६७ मुद्दाः उत्प्रेषण / परमादेश पुनरावेदक / निवेदक : काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं.८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१४ कुलेश्वरमा डेरा गरी बस्ने सुनिलकुमार अधिकारी विरूद्ध प्रत्यर्थी / विपक्षी : भूमिसुधार कार्यालय, काठमाडौंसमेत विलम्बको सिद्धान्त (Doctrine of Laches) को प्रमुख तत्त्व समयको अन्तराल हो । यसले समन्यायलाई पराजित गर्दछ । विलम्बको सिद्धान्त र हदम्यादको सिद्धान्त एकै होइनन् । हदम्यादको सिद्धान्त समयसीमामा आधारित छ । यसको लागि समयतत्त्व नै महत्त्वपूर्ण हुन्छ । हदम्यादको सिद्धान्तमा भएको कानूनी व्यवस्थाजस्तो प्राविधिक (Technical) रूपमा समयको गणना गरेर विलम्बको सिद्धान्तलाई प्रयोग नगरिने । विलम्बको सिद्धान्त लाग्न सक्ने अवस्था छ छैन भन्ने निष्कर्षमा पुग्न मुद्दा वा सोमा भएको कामकारबाहीको प्रकृति, सम्बन्धित पक्षले मुद्दाको सन्दर्भमा देखाएको आचरण, निजले न्यायका लागि न्यायिक निकायमा आउन लगाएको समय, निजलाई उपचार प्रदान गरेको खण्डमा त्यसबाट अरूको हकहितमा पर्ने वा पर्न सक्ने असर र न्यायको उद्देश्य पूरा हुने वा नहुनेसमेतका कुराहरूलाई समष्टिगत रूपमा हेरिनु पर्ने । (प्रकरण नं.६) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ओमप्रसाद थपलिया प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी अवलम्बित नजिर : ने.का.प.२०६६, अंक १२, नि.नं.८२८७ ने.का.प.२०७४, अंक ९, नि.नं.९८६९ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ मोही लगत कट्टाको निर्णय गर्नेः भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय, काठमाडौं रिट निवेदनमा आदेश गर्नेः माननीय न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी आदेश न्या. प्रकाशमान सिंह राउत : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- काठमाडौं जिल्ला साबिक मच्छेगाउँ गा.वि.स. वडा नं.४(क) को कि.नं.१८ को क्षेत्रफल २-५-१-० जग्गाको मोही टिकाकुमारी भन्ने लिलादेवी अधिकारी, जग्गाधनी हेमबहादुर अधिकारी कायम भई लिलादेवी अधिकारीको मिति २०५७।१२।२९ मा परलोकपश्चात् म निवेदक निजको छोराले उक्त जग्गा निरन्तर रूपले भोगचलन गर्दै अइरहेको छु । जग्गाधनी हेमबहादुर अधिकारीका छोराहरू हेमकृष्ण अधिकारी, चिरञ्जीवी अधिकारी र भिमसेन अधिकारीमध्ये चिरञ्जीवी अधिकारीले बुबा हेमबहादुरसमेत उपर दायर गरेको अंश मुद्दामा अंश पाउने ठहर भएको रहेछ । उक्त अंश मुद्दाको तायदाती फाँटवारीमा विवादित कि.नं.१८ को जग्गा उल्लेख नभएको भनी अंश दपोट मुद्दा दायर गरेकोमा उक्त जग्गा ४ अंशियारमा भागबन्डा लाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।९।१७ मा फैसला भएकोमा फैसलाअनुसार उक्त कि.नं.१८ को जग्गा कि.का. भई कि.नं.३१३ को क्षेत्रफल ०-९-१-१ जग्गा चिरञ्जीवी अधिकारीको नाममा, कि.नं.३१४ को जग्गामध्येबाट कि.का. भई कि.नं.३१५ क्षेत्रफल ०-९-१-१ जग्गा भिमसेन अधिकारीको नाममा र बाँकी कि.नं.३१६ मध्येबाट कि.का भई कि.नं.३२५ क्षेत्रफल ०-९-१-१ जग्गा सरस्वती अध