निर्णय नं. ८३२३ - लिखत दर्ता बदर दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३२३ - लिखत दर्ता बदर दर्ता । भाग: ५२ साल: २०६७ महिना: असार अंक: ३ फैसला मिति :२०६६/१०/१४ ३९४२ निर्णय नं. ८३२३ असार, २०६७ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल दे.पू.ई.नं. ०६४–DF–००११ फैसला मितिः २०६६।१०।१४।५ मुद्दाः लिखत दर्ता बदर दर्ता । पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बालुबाटार बस्ने डा.अशोक शमशेर ज.ब.रा. विरुद्ध विपक्षी प्रतिवादीः काठमाडौं जिल्ला महांकाल गा.वि.स. वडा नं. ५ हाँडीगाउँ बस्ने सावित्रीदेवी सापकोटा शुरु फैसला गर्नेः मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री बिनोदप्रसाद ढुंगेल मा.न्या.श्री मोहनप्रसाद घिमिरे यस अदालत संयुक्त इजलास मा.न्या.श्री शारदा श्रेष्ठ मा.न्या.श्री पवनकुमार ओझा  अ.वं. ३० नं. आकर्षित हुनका लागि मुद्दाका कुनै पक्षसँग न्यायकर्ताको सम्बन्ध देखिनु पर्छ । मुद्दाका कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सम्बन्ध नदेखिएको अवस्थामा लगाउको कुनै एक मुद्दामा अ.वं. ३० नं. को प्रश्न उठेको भन्दैमा सबै मुद्दालाई मिसाएर अन्यौल, अनिश्चय र अनिर्णयको स्थिति पैदा गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ४)  विदेशमा रहेका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्ने र निजको हक अधिकार सुरक्षित राख्ने प्रयोजनका लागि निजका तर्फबाट हकवालाले नालिस, प्रतिउत्तर, पुनरावेदन, निवेदन दिनसक्ने समेतको व्यवस्था गरिएबाट विदेशमा रहेको व्यक्तिले आफू विदेशमा रहेको भन्ने मात्र आधारमा मुद्दा गर्ने हदम्यादलाई लम्ब्याउन सक्ने व्यवस्था कानूनले नगरेकाले यसरी कानूनले नै प्रदान नगरेको छूट वा सुविधाको दावी गर्न नमिल्ने । (प्रकरण नं. ५)  मुद्दा दायर भएपछि प्रथमतः हदम्याद, हकदैया जस्ता कानूनी प्रश्नमा प्रवेश गरी त्यसबाट मुद्दाको औचित्यभित्र प्रवेश गरी हेरिनु पर्ने अवस्था भएमात्र मुद्दाको अन्य प्रक्रिया प्रारम्भ हुन्छ । यो न्यायिक प्रक्रियाको आधारभूत मान्यता नै हो । दावी नपुग्ने निष्कर्षले समान परिणाम दिँदा दिँदै पनि त्यसले खारेज हुने निष्कर्षको स्थान लिन नसक्ने हुँदा हदम्यादविहीन फिरादपत्र ग्रहण गरी मुद्दाको औचित्यमा प्रवेश गरी इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. ९) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताहरू श्री पद्मराज काफ्ले, श्री हरिप्रसाद उप्रेती, श्री मुक्ति प्रधान र श्री खिमराज पौडेल विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः नेकाप २०५२, अङ्क ८, निर्णय नं. ६०६१, पृष्ठ ७४४ सम्बद्ध कानूनः  अ.वं. ३०, ८३(१) र ३९  दान वकसको ५ नं. फैसला न्या. अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५७।४।२३ को फैसलाउपर वादीको तर्फबाट परेको मुद्दा दोह¥याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः बुबा मनोहर शमशेर ज.ब.रा., मुमा, म र भाइ समेत गरी जम्मा ४ जना जीवित अंशियार छौं । हामीहरू बीच अंशबण्डा भएको छैन । म अध्ययनका सिलसिलामा विदेश गएको र फर्की काठमाडौं आएपश्चात् अंशबण्डा गरौं भन्दा बुबाले मैले विभिन्न तरीकाले विभिन्न व्यक्तिलाई धेरै जग्