निर्णय नं. ८२५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२५७ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०८/२५ ३१८८ निर्णय नं. ८२५७ फागुन, २०६६ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री रणबहादुर वम रिट नं. : ०६६–WS–०००७ आदेश मितिः २०६६।८।२५।५ विषय : उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ पुतलीसडक स्थित रेड मिडिया प्रा.लि. समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं समेत § कुनै सेवाका लागि निश्चित योग्यता वा क्षमताको आवश्यकता पर्ने गरी शर्तहरू तोक्न नपाउने र जोसुकैले पनि निर्वाध रुपमा सेवा प्रवाह गर्न पाउनुपर्ने भन्ने कुराले गुणस्तरीय सेवा प्रवाहको संभावनालाई निस्तेज तुल्याउने र प्रतिस्पर्धात्मक आर्थिक क्रियाकलापमा पनि अबरोध सिर्जना गर्ने । (प्रकरण नं.३) § कुन पेशा व्यवसायका लागि के कस्तो योग्यता, दक्षता वा अनुभवको आवश्यकता पर्दछ भन्ने जस्ता कुरा सम्बन्धित विषयको प्रकृतिसँग सापेक्षित हुने । (प्रकरण नं.५) § सार्वजनिक रुपमा खरीद गरिने कुनै सेवाको स्तर, वाञ्छनीयता, विश्वसनीयता, गुणात्मकता र क्षमता आदि कुराहरूको उपेक्षा गरी जसले जस्तो सेवा दिए पनि ग्रहण गर्नुपर्ने बाध्यता सार्वजनिक खरीद ऐनको उद्देश्य हुन सक्दैन । अनि व्यापार, पेशा, रोजगार गर्नेहरूले उपर्युक्त सबै कुराको उपेक्षा गरी निर्वाध रुपमा सेवा प्रदान गर्न पाउनु पर्ने र सार्वजनिक सेवा खरीदकर्ताहरूले त्यस्तो सेवा ग्रहण गर्नुपर्ने भन्ने पनि संविधानको धारा १२ को मनसाय मान्न नसकिने । (प्रकरण नं.६) § सेवा प्रदायकहरूको व्यावसायिक मान्यता र स्तरीय सेवाको अपेक्षालाई सुनिश्चित गर्ने गरी सेवाग्राहीहरूले कुनै मापदण्ड निर्धारण कानून वा नीतिको आधारमा गर्दछ भने त्यो कानून, न्याय र औचित्यको आधारमा समेत स्वीकार्य हुन्छ । कुनै व्यावसायलाई सार्वजनिक आवश्यकता र औचित्यको आधारमा सेवाग्राही सार्वजनिक निकायले सदाशयपूर्वक कुनै शर्त तोकेकोलाई सेवा प्रदायकले अन्यथा अर्थ गरी सेवा प्रदान गर्ने विषयलाई आफ्नो शर्तको अधीनमा राख्न खोज्नु सर्वथा स्वीकार्य नहुने । (प्रकरण नं.७) § समानता भनेको समानहरूका बीचको समानता हो, अर्थात् समान रुपले सक्षमहरू बीचको प्रतिस्पर्धामा कुनै प्रकारले अबरोध सिर्जना नगर्ने गरी सुनिश्चित गरिएको समानता हो । त्यसलाई सक्षम र असक्षमबीचको भेदभावविहीनताको अवस्था मान्न सकिँदैन । समान हुनु भनेको समान रुपले सक्षम हुनु पनि हो, त्यस्तो सक्षमता नभएकाले समान रुपले प्रतिस्पर्धा गर्न पाउनु पर्ने भनी दावी गर्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री केशवराज पाण्डे विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § सार्वजनिक खरीद ऐन, २०६३ को दफा ९, १०, १२, १३, ३९ र ७४(१) § सार्वजनिक खरीद नियमावली, २०६४ को नियम २७, २७(२) (क) र (ग) ७४(१) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(२), (३)(च) र १०७(१) आदेश न्या. कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१)(२) अन्तर्गत यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- हामी निवेदकहरू विज्ञापन एजेन्सीसम्बन्धी काम गर्ने चाहनाबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा विज्ञापन एजेन्सीसम्बन्धी प्राइभेट कम्पनीका रुपमा रेड मिडिया प्रा.लि.मिति