निर्णय नं. ८३२८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३२८ - हक सफा भाग: ५२ साल: २०६७ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०९/१६ २२५४ निर्णय नं. ८३२८ असार, २०६७ सर्वाेच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री रणबहादुर वम मुद्दा नं. ०६३ –DF– ०००६ फैसला मितिः २०६६।९।१६।५ मुद्दा ः– हक सफा । पुनरावेदक वादीः चितवन जिल्ला नारायणगढ गा.वि.स.वडा नं. ३ को हाल भरतपुर नगरपालिका वडा नं. २ बस्ने भोला श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं.२ बस्ने चीजकुमार श्रेष्ठ समेत शुरु फैसला गर्ने ः– मा.जि.न्या श्री यज्ञमूर्ति कोइराला पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री प्रमोद विजयी मा.न्या. श्री राजेन्द्रप्रसाद कोइराला सर्वोच्च अदालतमाः– मा.न्या. श्री रामप्रसाद श्रेष्ठ मा.न्या. श्री राजेन्द्रकुमार भण्डारी  फिरादपत्रमा दावी गरिएको राजीनामाको लिखत देख्न नपाएको भन्ने समेतको जिकीर गर्दै फिरादपत्रमा उल्लेख गरेको कित्ता नं. लिखतभन्दा फरक परे पनि लिखतमा लेखिएको कित्ता नम्बरकै जग्गाको हकमा दावी गरिएको अवस्थामा फिरादपत्रमा लेखिएको र लिखतमा लेखिएको जग्गाको कित्ता नम्बर फरक–फरक देखिएको अवस्थामा अड्डाको आदेशले कागज गरी दावी गरिएको कित्ता नम्बरसम्मलाई प्रष्ट पारेको अवस्थालाई दावी परिर्वतन गरेको भन्न नमिल्ने । (प्रकरण नं.३)  थैली थाहा हुँदाहुँदै जालसाजी मुद्दाबाट थैलीमा विवाद उठाई थैली धरौट राख्न नपर्ने छूट कानूनले प्रदान गरेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री विजयकान्त मैनाली र श्री श्यामप्रसाद पाण्डे अवलम्बित नजीरःनेकाप २०३८, नि.नं. ४४३३, पृष्ठ ८४० सम्बद्ध कानूनः  लेनदेन व्यवहारको १६ नं. फैसला न्या.तपबहादुर मगरः यस अदालत संयुक्त इजलासमा मा.न्या.ज्यूहरू बीच २०६२।१२।२१।२ मा रायबाझी भै मतैक्य हुन नसकी सर्वाेच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ ः– विपक्षी चीजकुमार र मेरो पिता रामकुमार जीवनमित्र सहोदर दाजुभाई हुनुहुन्छ । वहाँहरूको आजसम्म अंशबण्डा भएको छैन । म पढ्न विदेश भारततर्फ गएकोले घर व्यवहार सम्बन्धी मलाई त्यतिसारो चासो पनि थिएन । विपक्षी जेठा बाबु चीजकुमारका नाउँमा रहेको चितवन नारायणगढ गा.पं.वडा नं. २ को कि.नं. ३० को ज.वि. ०–१–५१÷२ र सोही कित्तामा बनेको पक्की घरसमेत विपक्षी विष्णुलाललाई २०३३÷११÷२५ मा राजीनामा गरिदिनु भएको खवर २०३४÷५÷२४ मा प्राप्त हुँदा विपक्षी जेठाबाबु चीजकुमार र विष्णुलालसँग उक्त जग्गाको म हक सफा गर्छु राजीनामा देखाउनुस्, मलाई थैली जम्मा गर्नुप¥यो भन्ने समेतका कुरा गर्दा हक निखनी दिन इन्कार गरी राजीनामा देखाउन र लेनदेन गरेको थैली र रजिष्ट्रेशन गरेको अड्डाको जानकारी दिन समेत इन्कार गरेकोले रजिष्ट्रेशन भएको २०३३÷११÷२५ ले ६ महिनाभित्र २०३४÷५÷२४ मा थाहा पाएको मितिबाट ३५ दिन भित्र फिराद गरेको छु । मु.ऐन लेनदेन व्यवहारको १६ नं. मा व्यवस्था गरिएअनुसार प्रतिउत्तर परी मुख मिलेमा प्रतिउत्तर परेको मितिले र मुख नमिलेमा बुझाउन पाउने ठहरी फैसला भै पुनरावेदन नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र बुझाउनु पर्ने ठहरेको थैली धरौट राखे हुनाले पूर्व केदारकुमार पिया, पश्चिम सडक, उत्तर सडक, दक्षिण