निर्णय नं. ८३३० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३३० - कर्तव्य ज्यान भाग: ५२ साल: २०६७ महिना: असार अंक: ३ फैसला मिति :२०६६/११/०३ ३१७३ निर्णय नं. ८३३० असार, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संवत् २०६० सालको फौ.पु.नं. –३२९८ संवत् २०६० सालको साधक नं. ४२४ फैसला मितिः २०६६।११।३।२ मुद्दा ः– कर्तव्य ज्यान । पुनरावेदक वादीः बेनबहादुर गुरुङ्गको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि. पर्वत भोर्ले गा.वि.स. वडा नं. ४ बस्ने डविन गुरुङ्ग समेत वादीः बेनबहादुर गुरुङको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला पर्वत भोर्ले गा.वि.स. वडा नं .४ बस्ने झिल्के भन्ने ज्ञानबहादुर आले शुरु फैसला गर्नेः मा.न्या.श्री लेखनाथ घिमिरे पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री कृष्णप्रसाद उपाध्याय मा.न्या.श्री गोपाल पराजुली  कुनै एउटा तथ्यमा सावित भए पनि त्यसबाट निजउपरको सम्पूर्ण अभियोगको पुष्टि नहुने ।  समग्र परिस्थिति र घटनाक्रमलाई सूक्ष्मरुपमा विश्लेषण नगरी केवल सावितीकै आधारमा मात्र कसैउपर कसूर कायम गरी सजाय गर्नु न्यायसंगत नहुने ।  विरोधाभाषपूर्ण र अस्पष्ट बयानलाई अन्य प्रमाणबाट समर्थित नभएको अवस्थामा साविती बयानको रुपमा ग्रहण गरी निजउपर कसूर कायम गर्ने अकाट्य र एकमात्र प्रमाणको रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं.८)  वारदात हुँदाका वखत चश्मदिद गवाहको रुपमा रहेका व्यक्तिले मौकामा र अदालतमा उपस्थित भई वकपत्र गर्दा आफूले प्रत्यक्षरुपमा घटना देखी घटनाको यथार्थ व्यहोरा खुलाइरहेको स्थितिमा अदालतले त्यस्ता चश्मदिद व्यक्तिको मौकाको कागज र अदालतसमक्ष गरेको वकपत्रको व्यहोराको सत्यताउपर शंका गर्न नपर्ने ।  फौजदारी मुद्दामा चश्मदिद व्यक्तिहरूको भनाई कसूर कायम गर्ने एउटा निर्णायक प्रमाण भएकाले यस्तो व्यक्तिको भनाई वारदातको प्रकृति र अन्य प्रमाणबाट समर्थित भएको छ भने अदालतले त्यस्तो प्रत्यक्ष साक्षीको कथनलाई अनदेखा गरी न्यायिक निष्कर्ष निकाल्नु न्यायसंगत नहुने । (प्रकरण नं.९)  हत्याको कसूर प्रमाणित भए पनि पूर्व रिसइवीको स्थिति, वारदातको प्रकृति, पूर्व आपराधिक चरित्र, घटनाको गम्भीरता, तयारी र योजनाको स्वरुप, कसूरदारको उमेर, शारीरिक अवस्था र पारिवारिक पृष्ठभूमि लगायतका कुराहरू विचार गरी कसूर र सजायबीचको समानुपातिकता (एचयउयचतष्यलबष्तिथ या एगलष्कजmभलत) स्थापित गर्नु नै न्यायपूर्ण हुने । (प्रकरण नं.१९) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः  ज्यानसम्बन्धी महलको १३ नं.  अ.वं. १८८ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, बागलुङको मिति २०६०।१।८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी तथा सोही फैसला साधक जाँचको लागि समेत दर्ता भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त एवं निर्णय यस प्रकार छः– २०५४ साल साउन २६ गते भोर्ले गा.वि.स. को आकस्मिक वैठकमा धर्मोदय निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा मेरा बाबु बिर्खबहादुर गुरुङ्ग समेतको नाम सिफारिश गर्ने विषयमा छलफल हुँदा गा.वि.स. अध्यक्ष डविन गुरुङ्गले विरोध गरेका कारण वैठक छाडी हिँड्यौं । निज डविन गुरुङ्गले पख्लास् भनी मेरो पितालाई धाक धम्की समेत दिएका रहेछन् । त्यसपछि निज डविन गुरुङ्ग, चुडामणी बस्याल र खेम