निर्णय नं. ८३३३ - निर्णय दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३३३ - निर्णय दर्ता बदर हक कायम भाग: ५२ साल: २०६७ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०८/०१ १७७९ निर्णय नं. ८३३३ असार, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६० सालको दे.पु.नं.८८८४ फैसला मितिः २०६६।८।१।२ मुद्दाः– निर्णय दर्ता बदर हक कायम । पुनरावेदक वादीः धादिङ्ग जिल्ला साङकोष गा.वि.स.वडा नं. ३ बस्ने मुक्तिनाथ लम्साल विरुद्ध विपक्षी प्रतिवादीः मन्त्रिपरिषद् सचिवालय समेत शुरु पैmसला गर्नेः— मा.न्या.श्री हरिवंश त्रिपाठी पुनरावेदन पैmसला गर्नेः— मा.न्या.श्री गौरी ढकाल मा.न्या.श्री राजेन्द्रराज पन्त जग्गा नापजाँच हुँदाको अवस्थामा कसैको हकभोगको दावी नभएको र तत्कालीन अवस्थामा जंगल देखिई फिल्डवुकमा पनि जंगल जनिएको जग्गा सो ऐनको प्रावधानअनुरूप स्वतः सरकारी जग्गाको परिभाषाअन्तर्गत पर्न आउने हुँदा दावी लिएको जग्गाको अवस्थिति दावीअनुरूपको खेतको प्रकृतिको जग्गासँग मेल खान आएको नदेखिने । (प्रकरण नं. ३) नापीको समयदेखि नेपाल सरकारको नाउँमा दर्ता गर्ने निर्णय भएको अवधिसम्ममा निरन्तररुपमा जंगलको रुपमा रहेको दावीको जग्गामा हाल आफ्नो भोग बसोवास छ भनी दावी लिए तापनि पछि निर्माण गरिने संरचना लगायतका भौतिक प्रमाणहरूले दावीको जग्गाको साविकको स्रोत र प्रकृतिलाई भने अन्यथा गर्न नसक्ने । पछि निर्माण गरिएका वा बनाइएका चिजबस्तु एवं भौतिक संरचनाहरूको वैधानिक स्थिति स्वतः गौण हुन पुग्ने हुँदा बिना प्रमाण भोगेको भन्ने आधारबाट मात्र वादी दावी पुग्छ भन्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री ठाकुररमण आचार्य विपक्षी प्रतिवादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः जग्गा (नापजाँच) ऐन, २०१९ को दफा २(ङ) फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५९।१।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क)(ख) अनुसार यस अदालतमा मुद्दा दोहो¥याई पाऊँ भनी परेको निवेदनउपर सुनुवाई हुँदा निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– पिता जीवनाथको नाउँमा २०१३ साल र २०१६ सालको लगत नम्बरीमा दर्ता भै २०३३ सालसम्म तिरो तिरी ७ नं. फाटवारी भरी भोगचलन गरी आएकोमा सर्भे नापीमा नापी गर्न छूट भएकोले छूट जग्गा नाप नक्सा गरी दर्ताको लागि २०४१।१२।२९ मा निवेदन दिंदा धादिङ जिल्ला साङकोष गा.वि.स.वडा नं. ३ (ग) कि.नं ९५ को २४–१–०–२ मध्ये रो.१०–१२–३–२ खेत र ३–८–२–२ पाखो जग्गा मेरो नाउँमा र सो बाहेकको जग्गा बाँकी वन वुटेन भनी उल्लेख भएको थियो । ऐ. साङकोष गा.वि.स.वडा नंं ३(ग) कि.नं. १५४ को २३–४–१–३ जग्गामध्ये ८–५–०–१ जग्गा म फिरादीको उल्लेख गरी नापनक्सा भएकोमा वनभित्र नपर्ने भनी नक्सा टे«स हुँदा बन प्रतिनिधिले उल्लेख गरिदिएका थिए । कि.नं १५४ को जग्गा बाबु जीवनाथको नाममा ७ नं.फाँटवारी भरेको, २०१६ सालमा लगतमा दर्ता हुँदा तालुकदार हरिबहादुर जिम्माको पूर्व फिरादीकै जग्गा, पश्चिम वासुदेवको साँध, उत्तर वादीकै घरजग्गा, दक्षिण खोल्सी चारकिल्ला भित्रको वडा नं. ३(ग) र ३(घ) को साँधको नापीमा ८–५–०–१ कायम भएको मेरो भोग चलनको डिहीबारी जग्गा हो । साथै कि.नं ९५ कै जग्गा २४–१–०–२ मध्ये पूर्व गजेन्द्रको साँध, पश्चिम खोल्सी, उत्तर कुलो र