निर्णय नं. ४३४९ - उत्प्रेषण, प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३४९ - उत्प्रेषण, प्रतिषेध भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४८/०८/०२ २८४६ निर्णय नं. ४३४९ ने.का.प. २०४८ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४८ सालको रिट नं. १४४४ आदेश भएको मिति : २०४८।८।२।२ मा निवेदक : का.न.पा. वडा नं. ९ बत्तीसपुतली काठमाडौंमा कार्यालय रहेको बि.टि.निर्माण सेवा प्रा.लि.का अधिकार प्राप्त डाइरेक्टर यादवप्रसाद पोखरेल विरुद्ध विपक्षी : श्री ५ को सरकार, सिंचाई विभाग वागमती,सिंचाई आयोजना, काठमाडौंसमेत विषय : उत्प्रेषण, प्रतिषेध (१) ठेक्का संझौतामा निर्माण कार्यको सम्बन्धमा भएको सम्झौताको कुरालाई लिएर आयोजना वा ठेकेदार बीचमा कुनै पनि किसिमको विवाद उठेमा मध्यस्थताको कार्यवाहीद्वारा विवादको निपटारा गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको देखिँदा उक्त सम्झौता बमोजिम रिट निवेदक र विपक्ष बीच उठेको यस विवादको निपटारा मध्यस्थताको कारवाहीद्वारा गराउनु पर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भरतराज उप्रेती विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.कृष्णजंग रायमाझी १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म निवेदक वि.टि. निर्माण सेवा प्रा.लि. नामको प्रा. कम्पनीको नामबाट विभिन्न किसिमका निर्माण सम्बन्धी काम गर्ने निर्माण व्यवसायी हुँ । म निवेदक र प्रत्यर्थी नं. १ संग लामाहा, बाधाई र बाहुरी शाखा अन्तर्गतको माटो काट्ने (अर्थ वर्क), लाइनिङ तथा सिडी वर्कको लागि रु. १,८६,८२,५७५।५० मूल्यको ठेक्का सम्झौता मिति १८ जुन, १९९० (२०४७।३।४) मा भएको थियो । ठेक्का अन्तर्गत गर्नु पर्ने निर्माण कार्य मध्ये रु. ९२,००,०००।– को काम सम्पन्न गरिसकेको छु । यस मध्ये रु. ४,६०,०००।– प्रत्यर्थी नं. १ ले गैरकानुनी रुपले ठेक्का करको लागि भनी कटाई राखेको छ । यो ठेक्का अन्तर्गतको निर्माण कार्यको लागि पनि श्री ५ को सरकारलाई साउदी अरब सरकारको साउदी फण्ड फर डेभलपमेण्ट (एस.एफ.डि. ऋण नं. ३।२५८) बाट ऋण प्राप्त भएको छ । यो कुरा प्रत्यर्थीसंग ठेक्का सम्झौताको अभिन्न अंगको रुपमा रहेको टेण्डर डकुमेन्ट र मिति १८ मार्च, १९९० (२०४७।१२।४) को ठेक्का स्वीकृति पत्रमा पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ । यसरी श्री ५ को सरकारले वागमती सिंचाई आयोजनाको प्रथम चरणको निर्माण कार्यको लागि साउदी अरब सरकारको साउदी फण्ड फर डेभलपमेन्टसंग ऋण सम्झौता गर्दा यसरी प्राप्त गरिने ऋण रकम मध्येबाट भुक्तानी हुने गरी कुनै चिज वस्तुको आपुर्ति वा सेवाको लागि श्री ५ को (साविक पेज नं. ४४३) सरकारले ठेक्का पट्टा गर्दा यस्तो ठेक्का वा सम्झौताको मूल्यमा कुनै प्रकारको कर सरकारी दस्तूर वा शुल्क समावेश गर्न नपाइने अर्थात यस्तो ठेक्का अन्तर्गत गरिने भुक्तानीबाट श्री ५ को सरकारले कुनै सरकारी कर दस्तूर वा शुल्क ठेकेदारबाट असूल गरी लिन नपाउने तर यदि यस्तो सरकारी दस्तूर पनि ठेक्काको रकममा समावेश गरिने भएमा यो कुरा ठेक्का शर्तमा छुट्टै उल्लेख गर्नु पर्ने कुरा उक्त ऋण सम्झौताको धारामा स्पष्ट रुपमा किटान गरिएको थियो । ऋण दातृ सरकारसंग भएको यही सम्झौताको आधारमा नै म निवेदक र प्रत्यर्थी नं. १ संग उल्लेखित मितिमा भएको ठेक्का सम्झौताको शर्तको दोस्रो भाग धारा ८६ मा ठेकेदारले बुझाउने ठेक्का करको रकम ठेकेदारले प्रस्तुत गर्ने टेण्डर रेट