निर्णय नं. ८३३६ - राजीनामा लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३३६ - राजीनामा लिखत बदर भाग: ५२ साल: २०६७ महिना: असार अंक: ३ फैसला मिति :२०६६/१०/१२ २५१२ निर्णय नं. ८३३६ असार, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६० सालको दे.पु.नं.८७२१, ९०५२, ९०५३ फैसला मितिः २०६६।१०।११।२ मुद्दा ः राजीनामा लिखत बदर । पुनरावेदक वादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने नारायण भक्त लासिवा विरुद्ध विपक्षी प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने मोतीमाया लासिवा समेत पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने जीवन लासिवा विरुद्ध विपक्षी वादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने नारायण भक्त लासिवा पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा १० वस्ने मोतीमाया लासिवाको अ.वा.भई आफ्नो हकमा समेत ऐ.ऐ. बस्न कृष्णप्रसाद लासिवा विरुद्ध विपक्षी वादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० बस्ने नारायणभक्त लासिवा शुरु फैसला गर्नेः मा.जि.न्या.श्री माधवप्रसाद चालिसे पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ  जीवनकालपछि बाँकी रहेको सम्पत्ति पाउने हक मिलापत्रले सुरक्षित गरेको कारणले जीवनकालमा नै आफ्नो सो सम्पत्ति बेचबिखन, दान दातव्य वा हक हस्तान्तरण गर्ने स्वामित्वमा अन्तरनिहित अविभाज्य अधिकारलाई सीमित गर्न सक्छ भनी अर्थ गर्नु सम्पत्तिको स्वामित्वसम्बन्धी सिद्धान्त (म्यअतचष्लभ या यधलभचकजष्उ) को समेत विपरीत हुन जाने । (प्रकरण नं.२) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सालिकराम पाण्डे प्रतिवादी तफबाटः विद्वान अधिवक्ता श्री वच्चुसिंह खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.रणबहादुर बमः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा वादी प्रतिवादी दुवै पक्षको दोहोरो पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– विपक्षीले स्त्री अंश धनको २ र ८ नं. विपरीत कार्य गरेकोले अ.वं. ८२ नं. र लेनदेन व्यवहारको १० र ४० नं. का आधारमा फिराद गर्न आएको छु । पिताजी साहिला लासिवाको स्वर्गेपछि प्र. आमा मोतीमाया, दाजु कृष्णभक्त र फिरादीका बीचमा अंश मुद्दा चली भक्तपुर जिल्ला, झौखेल गा.वि.स. वडा नं. ८(ग) कि.नं. ७४० क्षेत्रफल १–३–० समेतको जग्गाको आयस्ता आमाले जीउनी भर भोग चलन गर्न पाउने र आमाको स्वर्गेपछि त्यही जग्गाको आयस्ताको खर्चबाट आमाको काजक्रिया गरी बाँकी दाजुभाईलाई आधी आधी बांँडी लिने गरी हामीहरू बीच भक्तपुर जिल्ला अदालतमा मिति २०४७।१२।२८ मा मिलापत्र भएको छ । सो मिलापत्रविपरीत कि.नं. ७४० को जग्गा दिने आमा मोतीमाया लिने जीवन लासिवा र आमाको संरक्षक साक्षी कृष्णप्रसाद लासिवा बसी मिति २०५७।११।९ मा मालपोत कार्यालय भक्तपुरबाट पारित राजीनामा लिखत लेनदेन बिना भएको हो । आमाको स्वर्गेपछि काज किरिया गर्नुपर्ने र त्यसपछि फिरादीको समेत हक लाग्ने सम्पत्तिबाट बञ्चित गर्ने गरी खडा गरेको उक्त लिखत बदरभागी छ भन्ने समेत व्यहोराको वादी नारायणभक्त लासिवाको मिति ०५८।८।१२ को फिराद पत्र । मिलापत्रबाट अंशबण्डा गरी आफ्नो भागको अंश लिई सकेको कुरा फिरादबाटै स्पष्ट हुँदा अरुको अंश भागमा परेको सम्पत्ति आफूखुस गरेको कुरामा दावी लिने हक वादीलाई नभएको हुँदा अंश भइसकेको