निर्णय नं. १०२५६ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५६ - अंश चलन भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०२/१६ ११८५७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।२।१६ ०७५-DF-०००३ मुद्दाः- अंश चलन पुनरावेदक / प्रतिवादी : ओमबहादुरको बुहारी सूर्यराम सुनुवारको श्रीमती ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने लक्ष्मीसरा सुनुवार राई विरूद्ध प्रत्यर्थी / वादी : मानबहादुरको नाति पदमबहादुरको छोरा ओखलढुङ्गा जिल्ला खिजी चण्डेश्वरी गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने ओमबहादुर सुनुवार सगोलको सम्पत्ति भन्नाले पुर्खौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्तिबाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सिप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनु पर्ने । (प्रकरण नं.७) अर्कालाई हक छोडी दिइसकेको सम्पत्तिको बारेमा दाताले पहिला आफूले व्यक्त गरेको कुरामा अन्यथा कुरा भन्दैमा त्यस्तो भनाइलाई आधार मानी प्रतिवादीको विरूद्धमा प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं.१२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता डा. श्री सुरेन्द्र भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री माधवकुमार बस्नेत र श्री मिना खड्का बस्नेत प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने, श्री रामप्रसाद भण्डारी "संभव" तथा विद्वान्‌ अधिवक्ताहरू श्री शिवबहादुर पाण्डे र श्री सीतादेवी श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने न्यायाधीश : श्री विष्णुप्रसाद उपाध्याय काठमाडौं जिल्ला अदालत पुनरावेदन तहको फैसला:- माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी मा. न्यायाधीश श्री अब्दुल अजिज मुसलमान पुनरावेदन अदालत, पाटन यस अदालतबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे मा. न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला न्या.बमकुमार श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०७३/४/१८ को फैसलाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएअनुसार पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दामा यस अदालतका संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष प्रस्तुत हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- म वादी र मेरी श्रीमती स्व. खड्गमायाको सम्बन्धबाट जन्मेका ४ छोरामा जेठो चन्द्रकान्त सुनुवार, माहिलो ताराराम सुनुवार, साहिलो सूर्यराम सुनुवार र कान्छो बृहस्पती सुनुवार र छोरीहरू जेठी खिनमाया सुनुवार र कान्छी पदमकुमारी सुनुवार भएकोमा म फिरादी, अविवाहित छोरी खिनमाया सुनुवार र विपक्षी छोरा सूर्यराम सुनुवार एकासगोलमा रही बस