निर्णय नं. १०२५८ - निर्णय दर्ता बदर हक कायम दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५८ - निर्णय दर्ता बदर हक कायम दर्ता भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/१०/२९ २३३८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।१०।२९ ०७३-CI-१८०१ मुद्दाः निर्णय दर्ता बदर हक कायम दर्ता पुनरावेदक / वादी : काठमाडौं जिल्ला खड्का भद्रकाली गा.वि.स. वडा नं. ७ हाल बुढानिलकण्ठ न.पा. वडा नं.२ बस्ने गोपीलाल महर्जनसमेत विरूद्ध विपक्षी : भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत छुट जग्गा दर्ताको दाबी लिएर आउने पक्षले आफ्नो हकको स्रोतलाई निर्विवाद रूपमा पुष्टि गराउन सक्नु पर्ने । (प्रकरण नं.४) कानूनले निर्दिष्ट गरेको प्रक्रियाबमोजिम ७ नं. फाँटवारीसमेत भरेको नदेखिएको र कसैको पनि हकभोग, तिरो, दर्ताको रूपमा नरहेको जग्गा नापी हुँदा जग्गाधनी र जोताहा महल खाली राखी पर्ती जनिई फिल्डबुक तयार भई नेपाल सरकारको नाममा दर्ता भएको जग्गामा वादीको हक कायम हुन नसक्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने र विद्वान्‌ अधिवक्ता श्री प्रकाश खतिवडा विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ताहरू श्री खेमराज ज्ञवाली र श्री उद्धवप्रसाद पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्ने : मा.न्या.श्री सीताप्रसाद पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री मोहनबहादुर कार्की मा.न्या.श्री अब्दुल अजिज मुसलमान पुनरावेदन अदालत पाटन फैसला प्र.न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत पाटनको मिति २०७३।४।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादीहरूको यस अदालतमा निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:- तथ्य खण्ड म गोपीलालको स्वर्गीय पिता पुनसिं डंगोलको नाउँमा साबिक २००० सालमा रैतीलाई दिने पुर्जी कायम भएको सर्पट नापी डोर सर्पट नं. १० मौजा १४६ को हकदार पुनसिं डंगोल भएको लगत नं. १४६ बाट समेत भिड्ने काठमाडौं जिल्ला खड्का भद्रकाली वडा नं. ७ क कि.नं. ७३ को हाल कि.नं. २३ क्षेत्रफल ४१-१०-३-० को कित्ता र ऐ.ऐ. साबिक कि.नं. २२१ को हाल कि.नं. ३ क्षेत्रफल १०-११-३-० जग्गा उल्लिखित प्रमाणको आधारमा हाम्रा बाबु बाजे ससुरा मूल पुर्खा पुनसिं डंगोल भन्‍ने पुनसिं महर्जनको रैतानी नम्बरी जग्गा हो । उक्त जग्गामा निजले सालवसाली निरन्तर जोतखन गरी कमोद गरेको अवस्था थियो । नापीको बखत भूलवश पर्ती जनाइए पनि त्यसपछि पनि उक्त जग्गामा फिरादीको तर्फबाट निरन्तर भोगचलन गर्दै आएका छौं । निज जग्गाधनी पुनसिं र निजको पत्‍नी विष्णु मायाको समेत मृत्यु भई निजहरूको हामी फिरादीहरू गोपीलाल महर्जनसमेत ४ जना हकदार भएको हुँदा उल्लिखित कित्ता जग्गा हामी फिरादीको संयुक्त हक कायम गरी उक्त छुट जग्गा दर्ता तथा दा.खा. नामसारीसमेत गरी संयुक्त भोगचलन पाउन र विपक्षी नेपाल सरकार गृह मन्त्रालय सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकको नाउँमा स्थापित भएको जग्गा स्रेस्ताबाट विपक्षीको हक विस्थापित गरी पक्ष फिरादीको हक समर्थनमा हक कायम गरी चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको वादीहरूको मुख्य फिराद दाबी । काठमाडौं जिल्ला खड