निर्णय नं. १०२५९ - जबरजस्ती करणी (अप्राकृतिक मैथुन)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५९ - जबरजस्ती करणी (अप्राकृतिक मैथुन) भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/११/२८ ४०४७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७५।११।२८ ०७४-CR-०२९२ मुद्दाः जबरजस्ती करणी (अप्राकृतिक मैथुन) पुनरावेदक / वादी : परिवर्तित नाम ७१ (ख) को संरक्षकको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बैतडी न्वाली गा.वि.स. वडा नं. ४ घर भई जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.३ बडहरा बस्ने जसिराम नेपाली सामान्यतयाः महिला र पुरूषबिच स्वभाविक रूपमा हुने यौन एवम् मैथुनका क्रियालाई प्राकृतिक मैथुन र प्राकृतिक तवरमा गरिने स्वभाविक मैथुनका क्रियाबाहेक अन्य अस्वाभाविक एवम् अप्राकृतिक तरिकाबाट हुने यौनजन्य क्रियाकलाप र मैथुन अप्राकृतिक हुने । (प्रकरण नं.७) यौनजन्य अपराधहरू यौन सन्तुष्टिका लागि गरिने हुँदा यौन सन्तुष्टि प्राप्‍त गर्ने इच्छा वा चाहना नै यौनजन्य अपराधको मानसिक तत्त्वको रूपमा रहेको हुन्छ । मनसाय आफैँमा सादृश्य विषय होइन । यो व्यक्तिले गरेको कार्य, आचरण, प्रकृति र स्वरूपबाट निर्क्यौल गरिने विषय हुने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सुदिप दंगाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल उच्च अदालत दिपायल फैसला प्र.न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छः मिति २०७२।११।०४ गते म मेरो आमा बुबाले सञ्चालन गरेको तरकारी पसलमा भएको अवस्थामा अन्यायी जसीराम नेपाली आमाले सञ्चालन गरेको पसलनजिक आई मलाई ठेलामा राखेको टिक्का खान दियो । त्यसपछि मिलनचोकको भित्र घुम्ने बाटोबाट भित्र लगी मैले देखेमा चिन्ने होटलमा लगी मलाई काखमा राखी पहिले योनिमा औंलाले कोट्यायो, औंला योनिमा हाल्दै सोही औंला आफ्नो मुखमा चाट्ने काम गर्‍यो र मलाई छोड्दा मलाई दुखाई भई बुबा आमा भएको ठाउँमा आई मलाई गरेको सबै कुरा बताएँ । बुबा आमाले त्यस्तो गरेको कसले हो भन्दा मलाई पहिले पनि नातिनी-नातिनी भन्ने सिलाई कटाई काम गर्ने जसिराम नेपालीलाई चिनेको हुँदा बुबा आमालाई सरासर जसिराम नेपाली भएको ठाउँमा लगी निजलाई देखाई मेरो योनिमा औंला घुसाएको हो भनेकी हुँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम कैलाली ७१ (ख) को कागज । मैले भारत पलिया बस्ने बेदप्रसाद गुप्तासँग विवाह गरी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.३ मा डेरा कोठा गरी बस्ने र मिलनचोकमा तरकारी पसल गरी आएकोमा मिति २०७२।११।०४ गते साँझ अ.२०:०० बजेको समयमा मेरो साथमा वर्ष ५ की नाबालिका छोरी परिवर्तित नाम ७१ (ख) रहेकी थिइन् । साँझको समयमा म पसलको काममा व्यस्त भएको बेला अन्यायी जसिराम नेपाली आई नाबालिका छोरीलाई ललाई फकाई नजिकको होटलमा लगी नाबालिका छोरीको योनिमा औंला घुसार्ने, मुखले योनिमा चाट्ने कार्य गरेको रहेछ । केहीबेरपछि नाबालिका छोरी म भएको ठाउँमा आई मलाई र मेरो श्रीमान् वेदप्रसाद गुप्त