निर्णय नं. १०२६१ - सर्त करारबमोजिमको रूपैयाँ दिलाई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२६१ - सर्त करारबमोजिमको रूपैयाँ दिलाई पाऊँ । भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/०२/२८ ३३४७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री दीपककुमार कार्की फैसला मिति : २०७५।२।२८ ०७१-CI-०६२६ मुद्दा : सर्त करारबमोजिमको रूपैयाँ दिलाई पाऊँ । पुनरावेदक / वादी : जिल्ला मोरङ विराटनगरको उपमहानगरपालिका वडा नं. ७ बस्ने चन्द्रप्रसाद खतिवडा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ भाथिगछ गा.वि.स. वार्ड नं. ८ घर भर्इ हाल विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने अकवर मियाँ वादीले दाबीको लिखतलार्इ करारको लिखत भनी दाबी गरेकोमा दाबीबमोजिमको हदम्याद नाघ्ने अवस्था भएपछि दाबीको लिखतलार्इ वादी दाबीभन्दा बाहिर गई कपाली प्रकृतिको लिखत भनी हदम्याद कायम गर्नु हदम्यादको सिद्धान्तअनुरूप नहुने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०५४, नि.नं.६३५४, पृ.२०८ सम्बद्ध कानून : करार ऐन, २०५६ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री राधाकृष्ण उप्रेती मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री रमेशबहादुर थापा पुनरावेदन अदालत विराटनगर फैसला का.मु.प्र.न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र न्याय प्रशासन ऐन, २०७३ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । म फिरादीले जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं.१४ मा रहेको सरजुप्रसाद साहको घर कोठा बहालमा लिई सञ्चालन गरी रहेको रेडिमेड कपडा पसल मैले तय गरेको भाडा वा सर्तनामाअनुसार भोगचलन गरी आएको सो पसलमा रहेको रेडिमेड कपडा दोकान र सो दोकानमा रहेको रेडिमेड कपडाहरू र जिन्सी सरसामान तथा फर्निचरहरू सम्पूर्णको जम्मा मोल रू.१,६८,०००।– मा बिक्री गर्दछु लिनुहुन्छ भनी विपक्षीलाई प्रस्ताव राख्दा तपाइँको सो पसलमा रहेको जिन्सी सामान तथा फर्निचरसमेत प्रतिवादीले हेरी जाँची थान गन्ती गरी सो सामानको मोलबापत हुन आउने रकम रू.१,६८,०००।- मध्ये आजका मिति २०५९।६।१३ गतेका दिन रू.३५,०००।- मात्र बुझी बुझाई रू.१,३३,०००।- मध्ये २०५९।६।२९ गते रू.२०,०००।- भुक्तानी गर्ने र बाँकी रहेको रू.१,१३,०००।- मध्ये अन्य साहुका रू.१९,०००।- दोकान खरिद गर्नेले चुक्ता गर्न बाँकी रहेको रू.९४,०००।- मात्र मासिक रू.१,०००।- भुक्तान गर्दै जाने बाँकी रकम २०६० साल वैशाख ५ गतेभित्र चुक्ता गर्नेछु भनी अग्रीम बैना रू.३५,०००।- दिई सोही दिनबाट विपक्षीले दोकान चलाउने गरी मिति २०५९।६।१३ गते प्रतिवादीले मलाई सर्त करारनामा कागज गरी मेरो दोकानका फर्निचरसमेतका सामान जिम्मा लिनु भएको थियो । उक्त सर्त करारनामाबमोजिम २०६० साल वैशाख ५ गतेभित्रमा मलाई रूपैयाँ बुझाई आज भोलि भन्दै टारवार गरी आउनु भएको र प्रतिवादीले दोकानका कपडा जिन्सी सामान अन्य व्यक्तिलाई बिक्री गरी भागी बेपत्ता भएको कुरा सुनेकोले वास्तविक बुझ्दा हो रहेछ । त्यसरी मलाई थाहा नदिई विपक्षीले दोकान बिक्री गरेका कारण मैले आफ्नो दोकान कब्जामा लिन पाइन । आफ्नो पैसा लिनलाई विपक्षीको खोजी गर्दा संयोगवश २०६८ माघ २५ गते भेट भइसकेपछि मैले लिन बाँकी रहेको रू.९४,०००।- मध्येबाट रू.४,०००।- मलाई दिनुभयो । बाँकी रू.९०,०००।- माग्दा मैले पैसा दिइरहेको छु । एकमुष्ट दिन स