निर्णय नं. १०२६२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२६२ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०८/१८ २८५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।८।१८ ०७३-WO-०८९२ विषयः- उत्प्रेषण / परमादेश निवेदक : सप्तरी जिल्ला, वैरवा गा.वि.स. वडा नं.१ बस्ने शंकर पञ्जियार विरूद्ध विपक्षी : उच्च अदालत जनकपुर, राजविराज इजलास सप्तरीसमेत अदालत र अर्धन्यायिक निकायमा विचाराधीन रहेको मुद्दाहरू एक अर्कामा अन्तरप्रभावी देखिएको र अदालतमा विचाराधीन मुद्दामा हुने कारबाही एवं फैसलाले अर्धन्यायिक निकायमा विचाराधीन मुद्दाको कारबाही एवं निर्णयलाई प्रभावित गर्ने रहेछ भने पहिला सक्षम अदालतमा विचाराधीन मुद्दाको कारबाही अगाडि बढाउनु उपयुक्त एवं न्यायसम्मत हुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुनिलकुमार पोखरेल विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री प्रकाशकुमार के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ आदेश न्या.ओमप्रकाश मिश्र : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः- विपक्षी दिपकप्रसाद उपाध्याय (अर्याल) को नाउँमा दर्ता रहेको सप्तरी जिल्ला पोर्ताह गा.वि.स. वडा नं. ७(क) कि.नं. ११० को १-१२-१८ सीम, ऐ.ऐ. को कि.नं. ५ को २-८-१२ मध्ये पश्चिमबाट ०-१३-० सीम र ऐ. गा.वि.स. त्रिकोल वडा नं. ८(क) कि.नं. ३०५ को १-५-१ सीमसमेत जग्गाहरू मेरो पिता स्व. लक्ष्मी पञ्जियार सुडीले धेरैअघिदेखि मोहीको हैसियतले जोत आवाद गर्दै आउनु भएको थियो । २०२१ सालमा भूमि सुधार लागू भएपछि जग्गाधनी माधवप्रसाद अर्याल भन्ने नित्यराज उपाध्यायलाई जग्गाधनी देखाई आफू मोहीको हैसियतले भूमिसम्बन्धी ऐन तथा नियमावलीबमोजिम १ नं. लगत भरेपश्चात् २ नं. अनुसूची प्रकाशित भई गराई उल्लिखित जग्गाहरूको ४ नं. जोताहा अस्थायी निस्सा मोहीको प्रमाण-पत्रसरह नै प्राप्त गरी मोहीमा कमाई आएको र जग्गाधनीलाई सालसालै कुत बुझाई भरपाई प्राप्त गर्दै आएकोले आफूसँग भएको प्रमाणको आधारमा उल्लिखित जग्गाहरू स्व.पिता लक्ष्मी पञ्जियार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिम मोही हुनु भएको थियो । बुबापछि म निवेदक दफा २६(१) बमोजिम मोही भएकोले गा.वि.स. सरजमिन सिफारिससमेत राखी मोही दर्ता नामसारी गरिपाउँ भनी मिति २०७०।८।३० मा भूमि सुधार कार्यालय सप्तरीमा दरखास्त परी विपक्षीलाई मेरो निवेदनको जानकारीसहितको म्याद मिति २०७०।९।३० मा विपक्षीको घरदैलोमा टाँस भई कानूनबमोजिम सम्पूर्ण अंग पुगी मिति २०७१।१०।६ का दिन भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही दर्ता नामसारी गरी दिने ठहर्छ भनी भूमि सुधार कार्यालय सप्तरीबाट फैसला भएको थियो । त्यसपछि मिति २०७१।१०।२६ मा विपक्षीले अ.बं. ११० नं. को कानूनी व्यवस्था प्रतिकूल विपक्षीको घरदैलो नभएको ठाउँमा म्याद तामेल गरी ल्याएको भन्ने बेरीतको तामेली म्यादसमेत बदर गरी अ.बं. २०८ नं. बमोजिमको निवेदनसाथ प्रतिउत्तर पत्रसमेत राखी पेस गरेकोमा सोही मितिमा भूमि सुधार कार्यालय सप्तरीले मिति २०७०।९।३० को रीतपूर्वकको म्यादलाई बदर गरी प्रतिउत्तर पत्र दर्ताको आदेशबमोजिम दर्ता भई हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ । त्यसैगरी विपक्षीले मोही दर्ता नामसारी प्रमाणपत्र मुद्दामा मैले फिरादपत्रसाथ विपक्षीका बाबु माधवप्रसाद अर्