निर्णय नं. ४४०३ - गुठी जग्गा दर्ता गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४०३ - गुठी जग्गा दर्ता गरी पाउँ भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/०१ २१४७ निर्णय नं. ४४०३ ने.का.प. २०४८ अङ्क ११ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४५ सालको दे.पु.इ.नम्बर १०४ फैसला भएको मिति: २०४८।११।१।५ मा निवेदक/प्रतिवादी : हरिहरपुर गा.वि.स. वडा नं. ८ बस्ने ज्वालाप्रसाद तिवारीसमेत विरुद्ध विपक्षी/वादी : वलरामपुर गा.वि.स. वडा नं. ४ बस्ने लक्ष्मणदास गिरी मुद्दा : गुठी जग्गा दर्ता गरी पाउँ (१) भेषधारीको आफ्नो हक पुग्ने जग्गासम्म गुठी कायम हुन सक्ने । (प्रकरण नं. २०) (२) “दरिएको” वा “दर्ता” भन्ने शब्दले दर्तावालाको आफ्नो एकलौटी हकभोग भएको दर्ताको जग्गा सम्झनु पर्ने र सगोलका जग्गा दर्ताकै कारणबाट अरु अंशियारहरुको हक समाप्त हुन्छ भनी सम्झन नमिल्ने । (प्रकरण नं. २०) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान अधिवक्ता हरिहर दाहाल विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला प्र.न्या.विश्वनाथ उपाध्याय १. सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।१।१४ गतेको निर्णय सहितको मिसिल पूर्णइजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाड्डी बक्स भए बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. ज्वालाप्रसाद तिवारीको दाजु झिनु भन्ने वलिभद्र तिवारी मौजा शिवपुरको निवासी हुनुभएको निज वलिभद्र वैष्णव भेषधारी सन्त हुनुभएको निजसंगबाट मैले मन्त्र दिक्षा लिई मुडी मुडाई भेषधारी चेला भई निज गुरु वलिभद्रजिद्वारा निर्मित सोही शिवपुरी मौजामा गाउँ देखि पश्चिमतर्फ श्रीराम जनाकी मन्दिर, जसमा श्रीरामजानकी तथा हनुमानको मूर्ति स्थापित छ, सो मन्दिरमा गुरुजीको साथ रही पूजा आजा र गुरुको सेवा समेत गरी आएकोमा गा.पं. वकडिया अन्तर्गत १३–२–१२ विघा वलिभद्रको एकलौटी हक भएको जग्गामा गुठी नराखी जग्गाको तिरो भरो गरी आयस्ताबाट देवदेवताको पूजाआजा धर्मकर्म चलाई आएको सो मन्दिरको मा आउने साधु सन्तहरुलाई दान दातव्य आदि दिने गरी आएको, गुरु वलिभद्रको २०३४ साल चैत्र २ गते मृत्यु (साविक पेज नं. ६९२) भएको हुँदा भेषधारीको रितिरिवाज अनुसार गुरुजीको समाधि मैले गरी काजकृया दान पुण्य समेत मैले गरेको, वलिभद्रको चेला भएकोले गुठीको ११ नं. अनुसार जग्गा बिगाहा १३–२–१२ मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत फिराद दावी । ३. वलिभद्रको एकलौटी हक भोगको १३–२–१२ विघा जग्गा म निजको चेला भएको हुँदा मेरो नाममा दर्ता गरिपाउँ भन्ने दावी झुट्टा हो । १३–२–१२ बिगाहा जग्गाको मोल रु. १०४४००।– र २ बिगाहा जमीनमा भएको कलमी आपको बगैंचाको मूल्य रु. ८०,०००।– समेत जम्मा मोल रु. १,८४,४००।– पर्नेमा मोल बिगो रु. १५,००१।– मात्र देखाई कोर्टफी दाखिल गरी दायर भएको हुँदा बेरीतसंग दायर भएकोले खारेज हुनुपर्ने । वलिभद्र तिवारी पूर्ण गृहस्थी मानिस हुन । वादीलाई दाजु वलिभद्रले कहिले पनि रामजानकी मन्दिरमा बस्न दिएको छैन । रामजानकी मन्दिरको निर्माण गरी पूजा आजा गर्ने वैष्णव भेषधारी हुनुपर्दछ । यसरी वैष्णव सम्प्रदायको सन्तसंग दिक्षा लिएर मात्र वैष्णव भेषधारी हुन्छ । दिक्षा प्राप्त गरेकोलाई मात्र दिक्षा दिने