निर्णय नं. १०२६४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२६४ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/१२/०७ ८९२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।१२।७ ०७१-CR-०६३५ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम गिताको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पाल्पा, पोखराथोक गा.वि.स. वडा नं. ५ बस्ने अर्जुन कोइराला § प्रतिवादीले जाहेरवालालाई विवाह गर्छु भनी भनेको हल्का आधारलाई मात्र '' झुक्यान'' र ''अनुचित प्रभावमा" पारी जबरजस्ती करणी गरेको भन्न नमिल्ने । § वारदातको अवस्था, परिस्थिति, पृष्ठभूमि, पीडित र प्रतिवादीको शारीरिक एवं यौनाङ्ग परीक्षण प्रतिवेदन र पीडित स्वयंको बकपत्र समेतले प्रतिवादीले जाहेरवालालाई पूर्ण सहमतीमा नै करणी गरेको अवस्था पुष्टी हुन आउँदा जबरजस्ती करणीको वारदात कायम नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरु तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिश्चन्द्र ढुंगाना पाल्पा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट पुनरावेदन अदालत, बुटवल फैसला न्या.तेजबहादुर के.सी.: साविक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार अन्तर्गतको भई पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड पाल्पा जिल्ला, पोखराथोक गा.वि.स., वडा नं. ५ बस्ने अर्जुन कोईरालाले मलाई विवाह गर्ने सल्लाह गर्नुछ भनी मिति २०६९।२।१ गते बिहान पाल्पाको आर्यभञ्ज्याङमा भेट्न बोलाएकाले म उक्त स्थानमा जाँदा मलाई तानसेनस्थित बिरकोट होटलमा ल्याई राती सोही होटलमा राखी विवाह गर्ने प्रलोभन देखाई सो राती र भोलीपल्ट समेत जबरजस्ती करणी गरेको र मलाई घरमा लगेर भित्र्याउनु पर्छ भन्दा तँलाई करणी गर्न ल्याएको हुँ, घरमा जा भनी भोलिपल्ट मलाई राईडाँडा भन्ने स्थानमा लगेर छोडी भागेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम गरी पाउँ भन्नेसमेत व्यहोराको परिवर्तित नाम गीता कुमारीको जाहेरी दरखास्त। पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं.३ स्थित बाबु शाक्यको घरमा रहेको बिरकोट होटलको दोस्रो तलाको पूर्व तर्फको कोठामा २ ओटा खाट रहेका, त्यसमध्ये पूर्व तर्फको खाटमा रहेको बिस्तरा अस्तव्यस्त अवस्थामा रहेको, सिरकको खोल निकाली राखिएको, उक्त खोल र तन्नामा समेत रगत जस्ता टाटाहरु रहेका र सोही बिस्तरामा मिति २०६९।२।१ गते प्रतिवादी अर्जुन कोईरालाले जाहेरवाला गीता कुमारीलाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का। नाम बिशाल कार्की र घर पोखराको बिन्दबासीनी बताउने पछि नाम, थर र वतन थाहा भएको पाल्पा पोखराथोक-५ बस्ने अर्जुन कोईरालाले मलाई एक महिना पहिलादेखि नै फोन गर्दै आएको थियो। सोही क्रममा मिति २०६९।२।१ गते बिहान निजले मलाई फोन गरी बिहे गर्छु भनी बोलाएकोले निजसँग पाल्पाको आर्यभञ्ज्याङ भन्ने स्थानमा भेट भई पाल्पा तानसेनमा आई घुमफिर गरी बेलुका तानसेन टुँडिखेल नजिक रहेको बिरकोट होटलमा राखी मैले तिमीलाई बिहे गर्छु भनी मेरो मुख थुनी मैले लगाएको कपडा खोली मेरो अंगहरु सुमसुमाई मलाई करणी गरी बिर्य मेरो योनीभित्र स्खलन ग