निर्णय नं. १०२६५ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२६५ - करकाप भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०२/३१ ३९८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।२।३१ ०७२-CR-०६४१ मुद्दा : करकाप पुनरावेदक / वादी : राधाकृष्ण गौडेलको छोरा जिल्ला नवलपरासी गैडाकोट गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ५४ को खगेश्वर गौडेल विरूद्ध विपक्षी / प्रतिवादी : मनिप्रसाद काउचाको छोरा जिल्ला नवलपरासी माकर गा.वि.स. वडा नं. ६ बस्ने निमप्रसाद काउचा लेनदेन व्यवहारमा लिखत नै मुख्य तथा महत्त्वपूर्ण प्रमाण हुने । लिखत स्वेच्छाले गरिएको र साँचो देखिएको अवस्थामा त्यसले प्रामाणिक मूल्य प्राप्त गर्ने । करकाप प्रमाणित हुन बाध्य बनाई कार्य गर्न लगाइएको अवस्था पुष्टि हुनुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा तथा विद्वान् अधिवक्ताहरू तिलप्रसाद गौतम र निर्मला भण्डारी विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री महादेव पण्डित अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री महम्मद जुनेद आजाद नवलपरासी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बाबुराम रेग्मी पुनरावेदन अदालत, बुटवल फैसला न्या.दीपककुमार कार्की : पुनरावेदन अदालत बुटवलको मिति २०६९।४।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) र (ख) बमोजिम वादीको तर्फबाट दोहोर्याई हेरी पाउने निवेदन परी मिति २०७२।६।१ मा निस्सा प्रदान भई पुनरावेदनको रूपमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- विपक्षी प्रतिवादीले मलाई जबरजस्ती करकाप जोरजुलुम गरी मिति २०६७।१।२९ मा इच्छाविपरीत कागजमा सहिछाप गराएको हुँदा उक्त कागजले मेरो हक हितमा असर पर्न जाने भएकोले सो कागज विपक्षीबाट झिकाई निष्क्रिय ठहर गरी सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको खगेश्वर गौडेलको फिराद पत्र । विपक्षीसँग जोरजुलुम गरी मैले मिति २०६७।१।२९ गतेका दिन कुनै पनि कागज गराएको छैन । विपक्षीले मिति २०५९।१०।७ र मिति २०६१।६।२६ मा गरी दिनु भएको कागज र तमसुक स्वेच्छाले गरी दिनु भएकोमा लिखतको भाखाभित्र रकम नदिएकोले मैले लेनदेन मुद्दा गरी कारबाहीयुक्त अवस्थामा छ । सो थैली मार्ने नियतले मउपर झुट्टा फिराद दिएका हुँदा फिराद दाबीबाट अलग फुर्सद दिलाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तर पत्र । प्रतिवादी निमप्रसाद काउचाले करकापपूर्ण तवरले खगेश्वर गौडेलसँग लेनदेनको कागज गराएका हुन भन्ने बेहोराको वादीका साक्षी कुलबहादुर भण्डारीले सुरू अदालतमा गरेको बकपत्र । उक्त कागज करकापबाट भएको होइन । लेखिएको थैलीअनुसारको रूपैयाँ प्रतिवादी निमप्रसाद काउचाले पाउनु पर्छ भनी प्रतिवादीका साक्षी सिद्दि विलास हमालले सुरू अदालतमा गरेको बकपत्र । यिनै प्रतिवादी निमप्रसाद काउचाले यिनै वादी खगेश्वर गौडेलउपर दायर गरेको दे.नं. ७९ को लेनदेन मुद्दामा विवादित कागज जबरजस्तीबाट खडा भएको भन्ने नदेखिएको अवस्थामा करकापबाट कागज गराएको भन्ने फिराद दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६८।७।३० को फैसला । सुरू अदालतको फैसलामा चित्त बुझेको छैन । मिति २०६१।६।२६ मा भनिएको लिखत २०६७।१।२९ मा तयार भएको हो । उक्त लिखत ल्याप्चे लगाइसकेपश्चात खडा गरिएको हो होइन भन्न