निर्णय नं. १०२६६ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२६६ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०१/०४ २९१९ प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ । - सम्पादक सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७६।१।४ ०७४-CR-००६४ मुद्दा: मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / प्रतिवादी : जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १२ ऐरी बस्ने वीरबहादुर रावलको छोरा वर्ष ४९ को वसन्त रावल विरूद्ध प्रत्यर्थी / वादी : तराई पहाड नाम परिवर्तन ७५ कञ्चनपुर ङ कुमारीको जाहेरीले नेपाल सरकार पीडितको प्रमाणित बयान रहेको तथा अन्य मिसिल संलग्न प्रमाणहरूलाई हेर्दा पीडितको परिवार Hostile हुँदैमा मात्र प्रतिवादी निर्दोष हुन् भन्न नसकिने । (प्रकरण नं.७) प्रतिवादीले पीडितलाई एक ठाउँबाट अर्को ठाउँ हुँदै भारतको वनबासासम्म लगी पीडितको नाजुक स्थितिको फाइदा लिई यौन शोषण Sexual exploitation को कार्य गरी गर्भधारणसम्म भएको र निजले जबरजस्ती गर्भपतनसमेत गरेको प्रमाण मिसिलबाट देखिँदा प्रतिवादीको उक्त कार्य ओसारपसारको परिभाषाभित्र नै पर्ने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : वरिष्ठ विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र विद्वान् अधिवक्ता श्री रमेशप्रसाद खनाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दुर्गाप्रसाद ढुंगेल कञ्चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मेरो घरको आर्थिक अवस्था कमजोर भएकोले बिगत १० वर्ष पहिलेदेखि जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं. १२, ऐरी बस्ने प्रतिवादी वसन्त रावलले मलाई स्कुल पढाई दिन्छु भनी घरमा ल्याई स्कुल नपढाई कमलरीको रूपमा बसी काम गर्दै आएकोमा मिति २०६८ सालदेखि निज प्रतिवादीले मेरा संवेदनशील अंगहरू सुम्सुम्याउने, हात लगाउने गर्ने गर्दथ्यो । मिति २०७० साल वैशाख २ गतेका दिन घरमा प्रतिवादी र म मात्र भएको समयमा निज वसन्त रावलले आफ्नो कोठामा बोलाई जबरजस्ती करणी गरेको हो । मैले उक्त कुरा कहीँ भनेमा ज्यान मार्ने धम्कीसमेत दिएको थियो । मिति २०७१ साल जेष्ठ महिनामा प्रतिवादी वसन्त रावलले मलाई भारतीय नम्बरको गाडीभित्र राखी भारतको वनबासा लगी गएको र उक्त गाडीभित्र अन्य नचिनेका २ जना व्यक्तिसमेत रहेका थिए । भारतको वनबासामा पुगेपश्चात् मलाई गाडीभित्र प्रतिवादी र निजसँग भएका २ जनासमेतले पालैपालो करणी गरी सडकमा अलपत्र छोडी आएका र मलाई भारतको S.S.B ले Reeds संस्थाको जिम्मा लगाई दिएका थिए । उक्त कुरा मेरा बुबाले थाहा पाई मलाई भारतबाट ल्याएका हुन् । सोपश्चात् निज प्रतिवादीको श्रीमतीले मलाई फेरी बोलाई कपडा किनी दिन्छु भनी भारतको वनबासा लगी मलाई थाहा नदिई के कुन औषधि खुवाई मेरो पेट दुख्न लाग्दा मलाई निजहरूले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगी अल्ट्रासाउन्ड गराउँदा पेटमा भ्रुण छ भनी बताएपश्चात् निजहरूले ग