निर्णय नं. १०२६७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२६७ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/१०/२८ ३३९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।१०।२८ मुद्दाः- कर्तव्य ज्यान ०७१-CR-१६६८ पुनरावेदक : जिल्ला बाँके शमशेरगञ्ज गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका पारस चौधरी विरूद्ध प्रत्यर्थी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार ०७१-CR-१६६९ पुनरावेदक : जिल्ला बाँके शमशेरगञ्ज गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका अमेरिका भन्ने आशाराम थारू विरूद्ध प्रत्यर्थी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार ०७४-RC-००२७ वादी : राधेश्याम थारूको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : कालीप्रसाद चौधरी प्रत्यक्षदर्शी नभए पनि अन्य प्रमाणबाट कसुरदार देखिएमा प्रतिवादीहरूलाई उन्मुक्ति दिन नमिल्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री कृष्णकमल अधिकारी बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकृष्ण खनाल माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव पुनरावेदन अदालत नेपालगञ्ज फैसला न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत दायर भई नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : तथ्य खण्ड मिति २०६९।०१।२१ को रातको समयमा जिल्ला बाँके, शमशेरगंज–२ स्थितमा प्रतिवादी कालीप्रसाद थारूसमेतका व्यक्तिहरूले "मृतक लालता थारूको टाउको पछाडिको भागमा २ इन्च लम्बाइमा धारिलो हतियारले प्रहार गरिएको जस्तो घाउ चोट दायाँ कानको लोती काटिएको, दायाँ कानको अगाडि पट्टि अर्थात् कन्चटहरू भालाले रोपिएको जस्तो गहिरो घाउ चोट रहेको, दायाँ कन्चटमाथि टाउको निधारको भागमा लाठी भाटाले हिर्काएको जस्तो घाउ चोटपटक भई गिदीसमेत निस्किएको, नाकबाट रगत निस्किएको, दायाँ आखाको आँखीभौं कालो निलो भएको, अन्य शरीरमा घाउ चोट नदेखिएको” भन्नेसमेत बेहोराको राममिलन तमोलीले गरी दिएको लास जाँच प्रकृति मुचुल्का । मिति २०६९।०१।२१ को रातको समयमा जिल्ला बाँके, शमशेरगंज –२ अकलघरूवा स्थित आफ्नो तरकारी बारी रेखदेख गर्न खरको झुपडी बनाई सुतेको अवस्थामा ऐ. वडा नं. १ बस्ने लालता थारूलाई प्रतिवादी कालीप्रसाद चौधरीसमेतका व्यक्तिहरूले लाठीसमेतले टाउकोमा प्रहार गरी घटनास्थलमा नै कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त । जिल्ला बाँके, शमशेरगंज गा.वि.स. वडा नं. २ स्थित पूर्व खाली जग्गा, पश्चिम गौरी शंकर चौधरीको खाली जग्गा, उत्तर दक्षिण अकलघरूवा र ऐ. गाउँ जोड्ने ग्राब्रेल सडक खण्ड, सो सडकको पूर्वपश्चिम फर्काएको अवस्थामा कल्भट रहेको, सो कल्भटदेखि पूर्व अं.२०० मिटरको दुरीमा रहेको मृतक लालता थारूको तरकारी बारीमा झुपडी बनाई बसेका अवस्थामा आशाराम थारूसमेतले लाठीसमेतले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी उक्त वारदातमा प्रयोग गरिएका दाउरा काठहरू उक्त कल्भटमा लुकाएको भनिएको, प्रतिवादीहरू आशाराम थारू र पारस थारूले देखाएअनुसारको उक्त कल्भटमा अर्थात् ह्युमपाइपमा प्रवेश गरी हेर्दा लुकाई राखेको दुवै काठमा रगत लागेको केही बोक्रा निक्लिएका अवस्थामा उल्लि