निर्णय नं. १०२६८ - लागु औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२६८ - लागु औषध भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/११/२२ २९८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७४।११।२२ ०६९-CR-०१८३ मुद्दा: लागु औषध । पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाग्लुङ निसी गाउँ विकास समिति वडा नं. ९ घर भई हाल बुटवल नगरपालिका वडा नं. ८ खयरघारी बस्ने लम्बु भन्ने दिलबहादुर घर्ती कसैको हकमा मुद्दा मुल्तबी राख्नु पर्ने अवस्थामा निजको हकहितमा असर पर्ने गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री विश्वमंगल आत्रेय रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बाबुराम रेग्मी पुनरावेदन अदालत बुटवल, रूपन्देही फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको पेस हुन आएको प्रस्तुत डाँका मुद्दाको संक्षिप्‍‍‍‍त तथ्य र ठहर यसप्रकार रहेको छ:- जिल्ला रूपन्देही बुटवल न.पा.वडा नं. ८ खयरघारी स्थित दक्षिण मोहडाका टिनले छाएको बिचबाट काठको ढोका भएको दुई कोठे लम्बु भन्ने दिलबहादुर घर्तीको घर उक्त घरको पूर्वपट्टि रहेको कोठामा विस्तरासहितका खाटमुनि बुट्टे झोलाको भित्र प्लाष्टिकले प्याक गरी गोटा गोटा बनाएको निलो चुन्नीको कपडामा छुट्टाछुट्टै पारी सिलाई गरी राखेको अवस्थामा ७ पिस, सेतो पुरानो कपडामा, सोहीअनुसारको ७ पिस आकासे रङ्गको कपडामा, सोहीअनुसारको ७ पिस हरियो कालो धर्का भएको कपडामा सोहीअनुसारको ६ पिस, सेलेक्सका २ साइडतर्फ २ पिस र कार्टुनमा प्लाष्टिकले प्याक गरी बनाएको २१ पिस गरी टोटल ५० पिस तौल गर्दा ४० के.जी., सोही खाटको तल कालो कम्मरमा बाँध्ने ब्यागभित्र बुर्तीवाङबाट बुटवलतर्फ यात्रा गरी आएको २।१५ गतेको ६ जना यात्रुको टिकट, १०००।- दरका नेपाली नोट थान ३ रू.५००।- दरका भारतीय नोट थान ३, १२०९ मोडलको भारतीय मोबाइलसहितको नोकिया मोबाइल थान १, नोकिया ६५१० मोडलको मेरो मोबाइलको सिमकार्डसहितको पुरानो मोबाइल थान-१, भारतीय सिमकार्ड थान १, दिलबहादुर घर्तीको नागरिकता प्रमाण पत्र थान १, बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का । मिति २०६६।२।१८ गतेका दिन बुटवल नगरपालिका वडा नं. ८ खयरघारी स्थित लम्बु भन्ने दिलबहादुर घर्तीको घरबाट बरामदी मृचुल्कामा उल्लिखित ५० गोटा तथा तौल ४० के.जी. लागु औषध चरेस बरामद भएको र सोही घरबाट २।१५ गते बुर्तीवाङबाट बुटवलतर्फ यात्रा गरी आएको २।१५ गतेको ६ जना यात्रुको टिकट, १०००।- दरका नेपाली नोट थान ३, रू.१००।- दरका भारतीय नोट थान ३, १२०९ मोडलको भारतीय मोबाइलसहितको नोकिया मोबाइल थान १, नोकिया ६५१० मोडलको मेरो मोबाइलको सिमकार्डसहितको पुरानो मोबाइल थान-१, भारतीय सिमकार्ड थान १, दिलबहादुर घर्तीको नागरिकता प्रमाण पत्र फेला परेको र कुमारी घर्ती मगर र आकाश घर्ती मगरसमेत सोही लागु औषध लिई आई बसेको हुँदा निजहरूलाई समेत पक्राउ गरी दाखिला गरेको छु भन्नेसमेत बेहोराका प्र.ना.नि. ओमप्रकाश यादवसमेतको प्रतिवेदन । साहुनी घर्ती मगर र निजको छोरी मनमाया घर्ती