निर्णय नं. १०२६९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२६९ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/११/१४ ४६३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७५।११।१४ ०७४-WO-००३४ विषयः- उत्प्रेषण निवेदक : रौतहट जिल्ला साबिक मत्सरी गा.वि.स.वडा नं.३ परिवर्तित वडा नं.८ हालको दुर्गा भगवती गाउँपालिका वडा नं.३ घर भई हाल श्री संस्कृत उच्च मा.वि.मत्‍सरी रौतहटमा प्रशासन सहायक (मुखिया) पदमा कार्यरत अनिलकुमार झा विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंसमेत अध्ययन बिदाको प्रक्रिया पूरा गराई साधिकार निकायबाट अध्ययन बिदा स्वीकृत भई अध्ययन समाप्त भएको लामो समयपश्चात् शिक्षकबाहेकका कर्मचारीले अध्ययन बिदा पाउने नपाउने सम्बन्धमा ऐन, नियममा स्पष्ट कानूनी व्यवस्था नभएकोले निवेदकले अध्ययन बिदा नपाउने भनी कानूनमा नै उल्लेख नभएको व्यवस्थालाई आत्मपरक ढंगबाट संकुचित व्याख्या गरी भएको निर्णय समानताको हकमा भएको सामान्य कानूनको प्रयोगमा भेदभाव गरिने छैन भन्ने संवैधानिक व्यवस्थाको मर्मविपरीत हुने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र विद्वान्‌ अधिवक्ता नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ शिक्षा नियमावली, २०५९ आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ र १३३ (२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- तथ्य खण्ड म निवेदकले मिति २०४२।५।२५ मा मुखिया पदमा स्थायी नियुक्ति पाएकोमा अध्ययन बिदाको स्वीकृतिको लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिसका लेखी पठाउने बेहोराको मिति २०६४।१।१४ को विद्यालय व्यवस्थापन समितिको निर्णयबमोजिम जिल्ला शिक्षा कार्यालय गौर रौतहटको च.न.२२५१, मिति २०६४।१।२० को पत्र बेहोरामा मिति २०६४।१।२० को निर्णयानुसार ३ वर्षे बि.एड अध्ययनका लागि मिति २०६४।२।१ देखि लागू हुने गरी अध्ययन बिदा स्वीकृत भएको थियो । नियमविपरीत मिति २०६४।१।१२ देखि २०६७ वैशाख मसान्तसम्म ३ वर्षको लागि अध्ययन बिदाको अवधिको तलब लिएको भनी परेको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले “..... प्रचलित शिक्षा ऐन नियमावलीमा शिक्षकबाहेक विद्यालयका कर्मचारीले अध्ययन बिदा पाउने विषय कहीँकतै उल्लेख नभएकोले...उक्त अवधिको तलब भत्ताबापत हुन आउने जम्मा रकम रू.२,७४,८२०।– असुलउपर गरी यस कार्यालयलाई जानकारी गराउन” भनी मिति २०७४।१।२६ मा निर्णय गरी सो निर्णयका आधारमा मिति २०७४।२।१२ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा विभागलाई, मिति २०७४।२।२६ मा शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय, रौतहटलाई, मिति २०७४।४।१० मा जिल्ला शिक्षा कार्यालय, रौतहटले म निवेदकबाट रू.२,७४,८२०।- असुलउपर गर्ने बेहोराको पत्र बुझाएको थियो । यसरी स्थायी कर्मचारीको हैसियतले उल्लिखित अध्ययन बिदा मात्र उपभोग गरेको नभई यसबिचमा बिरामी बिदा, वर्षे बिदा, भैपरी आउने बिदा, पर्व बिदा जस्ता बिदाहरूसमेत उपयोग गर्दै आएको र पोसाक भत्तासमेत पाई आएकोमा अरू सुविधा कानूनसम्मत हुने अध्ययन बिदाको सुविधा चाहिँ कानूनविपरीत हुने भन्‍न मिल्दैन । विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा साधिकार निकाय जिल्ला शिक्षा कार्यालयबाट अध्ययन बिदा स्वीकृत गराई अध्ययन अवधिको तलब भत्ता हाल आ