निर्णय नं. १०२७० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७० - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०९/२३ २६६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई आदेश मिति : २०७४।९।२३ ०६७-WO-०५५० मुद्दाः- उत्प्रेषण निवेदक : धनकुटा जिल्ला, साबिक फाङदुवा-६ हाल परिवर्तित धनकुटा नगरपालिका वडा नं.१ हिले बस्ने छविलाल विश्वकर्मा विरूद्ध विपक्षी : मालपोत कार्यालय, धनकुटासमेत सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेको अवस्थामा त्यस्तो दर्ता स्वत: बदर हुन्छ । सार्वजनिक बाटो जग्गामा केहीसमय भोग एवं त्यस्तो जग्गामा घर टहरा बनाएर बस्दैमा उसको निर्विवाद हक स्वामित्वको जग्गा हुन नसक्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- साबिकमा बाजे श्रीमान्बाट बाबु मोनेकामी भनेको मानबहादुर विश्वकर्माले पाई बाबुबाट मैले अंश पाई भोगी चर्ची आएको साबिक धनकुटा फाङदुवा वा. नं. ६ रैती नं. ९३ विजन ॥४ मानाको तिरो ।४० पैसा लाग्ने गरेको मैले भूमि सुधार ७ नं. फाराम क्र.सं. १ मा भरेको धनकुटा हिलेदेखि तेह्रथुम ताप्लेजुङ जाने मूलबाटोदेखि पूर्व धनसिं तामाङको हाल वीरबहादुर तामाङको जग्गादेखि पश्चिम, झलकसिं तामाङ हाल डाकमान श्रेष्ठको घरजग्गादेखि दक्षिण रूद्र घिमिरे हाल नयाँ रोड उत्तर यति चारकिल्लाभित्रको जग्गा ०-५-० (पाँच आना) थरी रामबहादुर तामाङबाट मिति २०२८।९।११ मा चलानी पुर्जीसमेत लिई तिरो बुझाई घर टहरा बनाई भोगी चर्ची रहेको छु । उक्त चारकिल्लाभित्र मैले घर टहरा बनाई बसेकोमा नापीको समयमा दर्ता गर्न छुट भएकोले साबिक निगाले गा.वि.स. वडा नं. १ कि.नं. ५३७ को १४-१-१ भित्र कित्ताकाट भई बाटो जनिएको थाहा पाई आफ्ना हक निस्सा प्रमाण राखी छुट जग्गा दर्ता गरी पाउनको लागि नगरपालिकाको सिफारिस लिई मालपोत कार्यालय, धनकुटामा कारबाही चलाएकोमा मैले घर टहरा बनाई भोगी चर्ची आएको ०-५-० जग्गा बाटो छेउमा परेको मात्र हो । बाटोभित्र नपर्ने हुनाले मेरो नाममा दर्ता गर्न मिल्ने भन्ने बेहोराको सर्जमिन नापी टोलीको प्रतिवेदनसमेतबाट प्रस्ट भएपछि मालपोत कार्यालय, धनकुटाले मिति २०६७।५।१३ मा भूमिसुधार तथा व्यवस्थापन विभागमा छुट जग्गा दर्ता गरी दिँदा फरक नपर्ने बेहोराको सिफारिस गरेको थियो । भूमिसुधार तथा व्यवस्थापन विभागले निवेदक छविलाल विश्वकर्माले घर बनाई भोग गरेको उक्त कि.नं. ५३७ मिति २०५१।३।१२ मा नेपाल सरकारको नाममा दर्ता भएको सर्भे नापीमा बाटो जनिई फिल्डबुक कायम भएकोले यस्तो जग्गा प्रस्तुत प्रमाणहरू ७ नं. फाटवारी, ध.न.पा. को सिफारिसले मात्र दर्ता गर्ने व्यवस्था नरहेको भनी फाइल मालपोत कार्यालय, धनकुटालाई मिति २०६७।६।२१ मा फिर्ता पठाएको हुँदा मालपोत कार्यालय, धनकुटाबाट मिति २०६७।७।१४ मा मेरो मागबमोजिम उक्त जग्गा दर्ता नगरी मिसिल तामेलीमा राख्ने गरी आदेश भएको छ । मैले दर्ताको लागि दाबी गरेको कि.नं. ५३७ को ०-५-० जग्गामा घरटहरा, फूलबारी भएको, बाटो नजिक भए पनि बाटोमा नपर्ने भनी नापी सर्भे र सर्जमिन बेहोरा प्रस्ट छ । बाजे बाबुका पालादेखि भोगी आएको जग्गा हो । गा.वि.स. परिवर्तन हुँदा साबिकमा फाङद