निर्णय नं. १०२७१ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७१ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०८/०४ ६४६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७४।८।४ ०६७-CR-०४६४ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / वादी : सर्वोच्च कको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जंगबहादुर पराजुलीको छोरा जिल्ला लमजुङ भारते गा.वि.स. वडा नं. ९ बस्ने पुन्टे भन्ने प्रेमबहादुर पराजुली मालाकार कडी तथा एकआपसमा मेल नखाएको तथ्यको आधारमा कसुर ठहर गर्नु न्यायको दृष्टिले मनासिब नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमाकान्ता भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री अच्युतप्रसाद भण्डारी लमजुङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री नारायणप्रसाद दाहाल मा.न्या. श्री शिवराज अधिकारी पुनरावेदन अदालत, पोखरा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : विशेष प्रकृतिको मुद्दाहरूको कारबाहीमा पक्षहरूको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका,२०६४ बमोजिम प्रस्तुत मुद्दामा जाहेरवालाको नाम सर्वोच्च क र पीडितको नाम सर्वोच्च ख कायम गरी गोप्य राखिएको छ । तथ्य खण्ड मिति २०६४।०२।१७ गतेका दिन घरमा कोही नभएको मौका छोपी वर्ष १२ की मेरी नाबालक छोरी सर्वोच्च खलाई डर, धम्की देखाई रू.५।- र चकलेट दिई पुन्टे भन्ने प्रेमबहादुर पराजुलीले जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने सर्वोच्च कको जाहेरी दरखास्त । बालिकालाई जाँच गराउन ७ दिनपछि मात्र ल्याएको हुँदा त्यति मात्र भन्न सकिन्छ कि Human (झिल्ली) थिएन भन्ने सामुदायिक अस्पताल लमजुङको पत्र । जिल्ला लमजुङ भार्ते गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा सर्वोच्च कको मकैबारी, पश्चिममा टिकाराम परियारको घर, उत्तरमा पराजुली गाउँतर्फ र दक्षिणमा गणेश परियारको मकैबारी यो चार किल्लाबिचमा पर्ने पूर्व ढोका ढुंगाले छाएको एकतले घर, घरको दाहिने पट्टि भुइँतलामा सुत्ने कोठाको बायाँ किनारामा दुईवटा खाट जोडिएको बिस्तारा, बिस्तारा लथालिंग भएको भन्ने मिति २०६४।०२।२४ गतेको घटनास्थल मुचुल्का । मेरो हजुरआमा आँखाको उपचार गर्न भोटेओडार गएको अवस्थामा जिल्ला लमजुङ, भार्ते गा.वि.स. वडा नं. ९ बस्ने पुन्टे भन्ने प्रेमबहादुर पराजुली साँझ ८ बजेको समयमा मेरो घरमा आई मसँग सुतेको सिर्जना परियारलाई घर पठाई मलाई जबरजस्ती करणी गरेको भन्ने सर्वोच्च खले खुलाई लेखाई दिएको घटना विवरण कागज । मिति २०६४।०२।१७ गतेका दिन साँझ अफिसबाट घरतर्फ गइरहेको अवस्थामा जाहेरवालाको घरमा आइपुग्दा सर्वोच्च ख र सिर्जना परियार घरमा थिए । म घरभित्र पसेपछि मलाई सिर्जना परियारले देखिन् र उनी आफ्नो घर गइन् । मैले चार, पाँचवटा चकलेट र रू. ५।- को नोट दिएर कोही कसैलाई नभन भनी सर्वोच्च खको सुरूवाल र पेन्टी खोली निजकै विस्तारामा सुताई आफूले लगाएको पाइन्ट र कट्टु खोली मेरो उत्तेजित लिंग योनिभित्र छिराई भित्र बाहिर केहिबेर गरेपछि दुख्यो भनी रून थालिन् र वीर्य स्खलन नगराई छोडेर गएको हुँ भन्ने प्रतिवादी पुन्टे भन्ने प्