निर्णय नं. १०२७२ - जग्गा खिचोला घर उठाई चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७२ - जग्गा खिचोला घर उठाई चलन भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/०८/१९ ३९७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।८।१९ ०६९-CI-१००० मुद्दा : जग्गा खिचोला घर उठाई चलन पुनरावेदक / प्रतिवादी : काजीमानको छोरा सप्तरी जिल्ला, कल्याणपुर गा.वि.स., वडा नं.८ बस्ने वर्ष ७२ को लोकेन्द्रनारायण श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी / वादी : सप्तरी जिल्ला, कल्याणपुर गा.वि.स., वडा नं.८ बस्ने गयाप्रसाद श्रेष्ठको श्रीमती रामादेवी श्रेष्ठसमेत जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्को व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्त नहुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण सप्तरी जिल्ला अदालत पुनरावेदन फैसला गर्नेः मा. न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री टेकराज नेपाल पुनरावेदन अदालत राजविराज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको पुनरावेदन सुन्ने अधिकार क्षेत्रअन्तर्गत दर्ता भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड हामी वादी आमा छोराको संयुक्त नाममा दर्ता रहेको सप्तरी जिल्ला कल्याणपुर गा.वि.स. वडा नं.८ (क) कि.न.४५७ को ०-९-५ जग्गा हामीहरूले निर्विवाद रूपमा भोगचलन गरी आएकोमा कुनै प्रकारको टंटा खिचोलासमेत केही थिएन । वादीहरूमध्ये म दीपक श्रेष्ठ घरमा नरहेको अवस्थामा मौका छोपी विपक्षीहरूले जोरजबरजस्ती उक्त जग्गामा प्रवेश गरी मिति २०६२।११।०६ को करिब ८.०० बजेको समयमा विपक्षीहरूमध्ये लोकेन्द्रनारायण श्रेष्ठ र निजका छोरा नानीबाबु श्रेष्ठले उक्त ०-९-५ जग्गाको उत्तरपट्टि ०-४-१० जग्गालाई घेरवेर गरी पूर्वउत्तर तर्फबाट ०-२-५ जग्गामा पूर्व विट्टा पश्चिम मुख फर्केको फुसको घर थान-१, पश्चिम विट्टा पूर्व मुखको फुसको घर थान-१, दक्षिण विट्टा उत्तर मुखको फुसको घर थान-१ समेत जम्मा तिन थान घर बनाउन लागेका हुन् । त्यस्तै विपक्षीहरूमध्ये चेतलक्ष्मी श्रेष्ठ र दीपककुमार श्रेष्ठले सोही ०-९-५ जग्गामध्ये दक्षिणतर्फबाट ०-४-१५ जग्गा घेरबेर गरी ०-२-५ जग्गामा दक्षिण विट्टा उत्तर मुख फर्केको इट्टाको गाह्रो टायलको छाना भएको घर थान-१ र पूर्व विट्टा पश्चिम पूर्व मुख फर्केको सानो फुसको घरसमेत बनाउन लागेका हुन् । सो बखत वादी म रामादेवी श्रेष्ठ विपक्षीहरूलाई रोक्न जाँदा नमानी मलाई अपशब्दसमेत बोलेकाले फर्की आएकी हुँ । वादी म दिपक श्रेष्ठले भद्रभलाद्मी राखी छलफल गर्न लाग्दा विपक्षीहरू नआई जे गर्न सक्छौ गर भनी जवाफ दिएकोले हाम्रो नामको कि.न.४५७ को ०-९-५ भिट अवल पूरै जग्गा खिचोला गरेकाले खिचोला मेटाई चलनसमेत चलाई पाउँ भन्नेसमेत फिरादपत्र । हामी प्रतिवादीहरूले मिति २०६२।११।०६ को बिहान ८:०० बजे घर बनाउन प्रारम्भ गरी ५ थान घर कुन समयमा पूरा गरी चारैतर्फ घेरबेर गरेको हो त्यस सम्बन्धमा फिरादपत्रमा केही उल्लेख छैन । फिरादपत्रमा घर बनाउन प्रारम्भ गरेको उल्लेख गरेका छन् । बनाउन