निर्णय नं. १०२७३ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७३ - फैसला बदर भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/११/१७ २५९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५।११।१७ ०६७-CI-०१८५ मुद्दाः- फैसला बदर पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ५ बस्ने स्व. रामचन्द्र सर्राफको छोरा निर्मलकुमार सर्राफ विरूद्ध प्रत्यर्थी / वादी : गुठी संस्थान, शाखा कार्यालय, जनकपुर अदालतबाट फैसला भएको कुराको जानकारी पाएपछि त्यस्तो फैसलाबाट आफ्नो हकमा असर परेको भए निर्धारित हदम्यादभित्र दाबी गर्नु सम्बन्धित पक्षको कर्तव्य हुने । फैसलाको जानकारी पाएपछि पनि वर्षौंसम्म सोसम्बन्धी कानूनी उपचारको मार्ग अवलम्बन नगरी बसेको अवस्थामा केवल गुठी संस्थान भएकाले हदम्याद लाग्दैन भन्ने जिकिर तर्कसङ्गत र मनासिब नदेखिने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : गुठी संस्थान ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री बलराम विष्ट धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा माननीय न्यायाधीश श्री फणिन्द्र शर्मा पुनरावेदन अदालत जनकपुर फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- विपक्षीहरू एकआपसमा मिलेमतो गरी गुठी संस्थानको जग्गालाई आफ्नो बनाउने उद्देश्यबाट मुद्दा मामिला गरी गराई गुठीको हक जाने गरी फैसला गरे गराएको हुँदा घर हक कायम चलनतर्फ छुट्टै फिराद दर्ता गराई मिति २०२२।६।२५, २०२५।७।२५, २०२९।२।५, २०३२।६।१२, २०४३।३।२४ र २०४६।६।३० मा भएका सम्पूर्ण फैसलाहरू बदर गरिपाउँ भन्नेसमेत बेहोराको निर्मलकुमार सर्राफको फिराद पत्र । फिराद दाबीको सार्वजनिक जग्गाको सम्बन्धमा हामीले केही बिराएको नभई सो सबै रामचन्द्र सर्राफ, निजका सन्तानहरूबाट भएको हुँदा हामीहरूउपरको गैरकानूनी फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विश्वनाथप्रसाद साह तेलीसमेतको संयुक्त प्रतिउत्तर पत्र । विपक्षीको उक्त जग्गामा हक समाप्त भइसकेको छ । आफ्नो दाखिल दर्ता गरी अर्काको हक भएको जग्गामा हक शेष छ भनी अ.बं. ८२ र ८६ नं. समेतको कानूनी व्यवस्थालाई गम्भीर उल्लङ्घन गरी दायर गरिएको त्रुटिपूर्ण फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी निर्मलकुमार सर्राफको प्रतिउत्तर पत्र । वादी दाबीको कित्ता नं. १०३ र १०८ का जग्गाहरूमा हक स्थापित गरिपाउँ भनी पर्न आएको वादी गुठी संस्थान कार्यालय जनकपुरको फिराद गर्ने हकदैया र हदम्यादको अभावमा अ.बं. ८२ नं. बमोजिम खारेज हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०६२।८।२२।४ गतेको धनुषा जिल्ला अदालतको फैसला । गुठी संस्थान मुद्दामा पक्ष नभएको कारणले अदालतको सूचना टाँस हुँदैमा संस्थानको हदम्याद जाँदैन । अतः उक्त आधारबाट धनुषा जिल्ला अदालतको मिति ०६२।८।२२ को फैसला बदर गरी वादी दाबीबमोजिम इन्साफ पाउँ भन्ने बेहोराको पुनरावेदन अदालत जनकपुरमा परेको मिति २०६३।१।१० को पुनरावेदन पत्र । वादी दाबीबमोजिम फैसला बदर गर्नुपर्नेमा फिराद खारेज गर्ने गरी भएको धनुषा जिल्ला अदालतको मिति २०६२।८।२२ फैसला नमिली उल्टी भई दाबीबमोजिम म