निर्णय नं. ४४०४ - गाली बेइज्जती

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४०४ - गाली बेइज्जती भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/०१ ६३३९ निर्णय नं. ४४०४ ने.का.प. २०४८ अङ्क ११ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४५ सालको फौ.पु.इ.नं. ३४ फैसला भएको मिति: २०४८।११।१।५ मा निवेदक/प्रतिवादी : हरिहरपुर गा.वि.स.वा.नं. ८ बस्ने ज्वालाप्रसाद तिवारीसमेत विरुद्ध विपक्षी/वादी : ऐ. बलरामपुर गा.वि.स. वा.नं. ४ बस्ने लक्ष्मणदाश गिरी मुद्दा : गाली बेइज्जती (१) मुद्दाको कारवाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तर लगायतका लिखतहरु सिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरुको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको व्यहोरा वा सैलीमा हुनुहुन्न । (प्रकरण नं. १५) (२) स्वास्नी राखेको भन्ने कुराको कुनै भरपर्दो प्रमाण प्रतिवादीहरुले पेश गर्न सकेको (साविक पेज नं. ६९७) छैन । यसर्थ निज प्रतिवादीहरुले वादी उपर यस्तो झुठ्ठो लान्छना लगाई चरित्र हत्या गर्ने किसिमको व्यहोरा प्रतिउत्तरमा लेखी गालि बेइज्जती गरेको ठहर्ने । (प्रकरण नं. १५) निवेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास, र विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला प्र.न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :– २. प्रतिवादी ज्वालाप्रसादका दाजु वलिभद्र वैष्णव भेषधारी सन्त हुनुभएको उहाँबाट मैले मन्त्र लिई चेला भई उहाँद्वारा निर्मित श्री रामजानकी तथा हनुमानको मन्दिरमा गुरुजीको साथ रही पूजा गरी गुरुजीको सेवा समेत गरी आएको १३–२–१२ बिगाहा जग्गा बलभद्रजीको एकलौटी हक भएको हुँदा सो जग्गा गुठी गर्दा गरी पाउँ भनी मैले फिराद दिएकोमा २०३४ सालमा प्रतिवादीले प्रतिवाद गर्दा वादीको ठूलो बागतहखाना छ, पक्की १२ बिगाहा जग्गा श्री ५ को सरकारको स्वामित्वको दपोट गरी खाइरहेको छ । १०, १५ जना गुण्डा पालेको छ त्यसद्वारा आतंक मच्याइएको छ । चतुरी गोडिनसंग अवैध सम्बन्ध छ । चतुरीको अघिको लोग्नेको २ छोराहरु यिनैले भरणपोषण गरेको छ भन्ने बेइज्जती गर्ने मनसायले जानी जानी झुट्टा बेइज्जतीपूर्ण लेख लेखिएकोले गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने समेत वादी दावी । ३. दाजु वलिभद्र तिवारी वैष्णव भेषधारी नभई ग्रहस्थ आश्रममा रही रामजानकीको भक्त हुनुभएको हुँदा भेषधारी भन्ने वादी दावी बनावटी जालसाज गरी गरिएको प्रष्ट छ । दाजु वलिभद्र र हामीहरु बीच कुनै बण्डापत्र इत्यादि भएको छैन । फिराद दावी अनुसार वादीलाई हामीले कुनै प्रकारबाट बेइज्जती गरेको छैन । भएको यथार्थ कुरा प्रतिउत्तरमा उल्लेख गरी वादीसंगको हक कायम मुद्दामा प्रतिउत्तर फिराएको मात्र हो भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ । ४. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र मिसिल सामेल रहेछ । ५. यी वादी लक्ष्मण दाशलाई प्रतिवादीहरुले गाली बेइज्जती गरेको ठहर्छ भन्ने मिति २०३७।१०।९।५ को शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला । ६. शुरुको फैसलामा चित्त नबुझी प्रतिवादीहरुको प.क्षे.अ.मा पुनरावेदन परेको रहेछ । ७. यिनै पक्षहरुका बीचमा परेको गुठीको ११ नं. अन्तर्गत जग्गा हक कायम गरी पाउँ भनी दावी भएको मुद्दामा अ.बं. ८० नं. को प्रकृया अपनाई इन्साफ गर्नु पर्ने