निर्णय नं. १०२७७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७७ - उत्प्रेषण भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/०९/१६ ६६२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७५।९।१६ ०७४-WO-०४७१ मुद्दा : उत्प्रेषण रिट निवेदक : जेठा महर्जनको छोरा का.जि. साबिक मनमैजु गा.वि.स. वडा नं. ८ बस्ने पूर्णमान महर्जनसमेत विरूद्ध विपक्षी : काठमाडौं जिल्ल्ला का.म.न.पा. वडा नं.२२ शुक्रपथ न्युरोडमा कार्यालय रहेको विशालबजार कम्पनी लिमिटेडसमेत आफ्नो व्यक्तिगत फाइदाको लागि कुनै पनि सेयर धनी गैरजिम्मेवार रूपले प्रस्तुत भएर साधारण सभा अवरूद्ध पारी कम्पनीका नियमित प्रक्रियाहरूलाई समेत असर पार्दछ भने त्यसको फाइदा त्यस्ता व्यक्तिहरूले पाउनु हुँदैन र सोही कारणबाट कम्पनी र सञ्चालक समिति अनिर्णयको बन्दी बन्न नसक्ने । (प्रकरण नं.१४) अस्वाभाविक परिस्थितिमा साधारण सभा हुन नसकेकोले कम्पनीको लागि गर्नुपर्ने तत्काल बाधा अड्काउ फुकाउने कार्य कम्पनी रजिस्ट्रारको कार्यालय तथा सञ्चालक समितिबाट गर्नुपर्ने हुँदा र विभिन्न तथ्य लुकाई अदालतलाई आफ्नो हितमा प्रयोग गर्न सफाहात नलिई अदालत आउने पक्षलाई सहयोग गर्न नमिल्ने । (प्रकरण नं.१६) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मिथिलेशकुमार सिंह र विद्वान् अधिवक्ता श्री हेमन्तराज दाहाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, विद्वान् वरिष्ठ अधिवक्ता श्री विनित झा, विद्वान् अधिवक्ताद्वय श्री ठोकप्रसाद सिवाकोटी र श्री रामराजा सिवाकोटी अवलम्बित नजिर : ने.का.प.२०७४, अंक १, नि.नं.९७५२ सम्बद्ध कानून : नेपालको संविधान कम्पनी ऐन, २०६३ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६ एवं १३३(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- निवेदकको निवेदन बेहोरा: विशाल बजार कम्पनी लिमिटेड नेपाल सरकार, उद्योग विभागमा मिति २०२६।४।१४ मा सि.नं. १/०२६ मा दर्ता भई सञ्चालन भई आएको कम्पनी हो । कम्पनीमा सर्वसाधारण सेयरधनीको सेयर ६५.५ प्रतिशत रहेको र नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र नेशनल ट्रेडिङ लि. को समेत गरेर जम्मा सेयर ३४.५ प्रतिशत रहेको छ । हामी निवेदकहरू सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छौं । विशाल बजार कम्पनी लिमिटेड सञ्चालन रहेकै क्रममा कम्पनीको नाममा रहेको का.जि.का.म.न.पा. २४ कि.नं. १३२ को क्षे.फ. १२-४-० मध्ये ८-४-०-० जग्गाको मूल्याङ्कन गरी नेपाल सरकारको सेयरमा परिणत गर्ने सम्बन्धमा सम्मानित श्री सर्वोच्च अदालतबाट मिति २०६७।५।१४।२ मा फैसला हुँदा हाल प्रचलित कम्पनी ऐन, २०६३ र धितोपत्र कारोबार ऐन, २०४० अनुसारको प्रक्रिया अपनाउनु पर्ने प्रस्ट रूपमा उल्लेख छ । उक्त निर्णयपश्चात् वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवको अध्यक्षतामा मूल्याङ्कन समिति गठन भई मूल्याङ्कन भएकोमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०६७।१२।२३ मा निर्णय भएबमोजिम गठित सचिव स्तरीय समिति र सहसचिव स्तरको मूल्याङ्कन समितिको बैठकबाट विशाल बजार कम्पनी लि.ले प्रयोग गर्दै आएको उक्त जग्गा ८-४-०-० रोपनीको प्रतिआना रू. ३ करोडका दरले हुन आउने रू. ३ अर्ब ९६ करोड र कम्पनीको अधिकृत तथा जारी पुँजी रू. ५ करोड थप गरी जम्मा अधिकृत पुँजी र जारी पुँजी रू. ४ अर्ब १ करोड कायम गरी अर्थ मन्त्रालयको नाममा प्रतिसेयर रू. १००/- का दरले ३ करोड