निर्णय नं. १०२७८ - उत्प्रेषण, परमादेश, प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२७८ - उत्प्रेषण, परमादेश, प्रतिषेध भाग: ६१ साल: २०७६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०२/१३ ४८२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७६।२।१३ ०७३-WO-११६२ विषयः उत्प्रेषण, परमादेश, प्रतिषेध निवेदक : का.जि.का.म.न.पा वडा नं.७ चाबहिल स्थित देवनारायण / खाम्पाचे संयुक्त उपक्रम (जे.भि.) को तर्फबाट अख्तियार प्राप्त खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.लि.का अध्यक्ष / प्रबन्ध निर्देशक आङदाबा शेर्पा विरूद्ध विपक्षी : सार्वजनिक खरिद पुनरावलोकन समिति, ताहाचल, काठमाडौंसमेत कुनै निकायबाट जारी गरिएको भनी विश्वास दिलाई पेस गरिएको लिखतको आधिकारिकता प्रमाणित गर्ने जिम्मेवारी त्यस्तो लिखत पेस गर्नेकै हुन्छ । सम्बन्धित निकायले त्यस्तो लिखत जारी गरेको होइन भनी इन्कारी गरेमा जालसाजीपूर्ण तरिकाले तयार भएको मान्नुपर्ने । (प्रकरण नं.१०) जे.भी. को कुनै सहभागीले गरेको राम्रो कामको फाइदा एक अर्काले पाए जस्तै गल्तीको दायित्व पनि एक अर्काले बोक्नुपर्ने । (प्रकरण नं.२८) कुनै काम संयुक्त रूपमा गर्ने भनी बोलपत्र दिँदा संयुक्त उपक्रम जे.भि.का पक्षहरू, कम्पनीहरू वा व्यवसायीहरूबिच जे जस्तो सम्झौता र करारनामा भए पनि सार्वजनिक खरिद वा कुनै काम गर्नको लागि एक पक्ष मात्र रहने र व्यवसायीहरूले तोकेको कुनै प्रतिनिधिले गरेको सम्झौता त्यस्तो जे.भि. वा संयुक्त उपक्रमका लागि बाध्यकारी रहने । (प्रकरण नं.३०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री बाबुराम दाहाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल, विद्वान् अधिवक्ताहरू श्री विश्वनाथप्रसाद दाहाल र श्री विद्याकान्त अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : सार्वजनिक खरिद ऐन, २०६३ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छः- विपक्षी डिभिजन सडक कार्यालयबाट प्रकाशित सुरू सूचना नं.०२/०७३/०७४ मिति २०७३।५।६ को बोलपत्र सूचनाअनुसार DROMNR/३३७३५५४/०७३/७४/००२ निर्माण कार्य Extension and Improvement of Daijee Lipna Jogbudha Road, Kanchanpur निर्माणको लागि प्रकाशित बोलपत्र सूचनाअनुसार यस जे.भि.ले सम्पूर्ण कार्यहरू पूरा गरी तोकिएको समयभित्रै बोलपत्र पेस गरिएकोमा उक्त बोलपत्र यस जे.भि.ले कबोल अंक रू.१५,८३,७१,६०६।०८ (मु.अ. करबाहेक) मा पाउने गरी मिति २०७३।८।२३ को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएकोमा सोपश्चात् हालसम्म सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(३) बमोजिम १५ दिनभित्र खरिद सम्झौता गर्नका लागि कार्य सम्पादन जमानतसहित सूचना प्राप्त हुनु पर्नेमा नभइरहेको अवस्थामा एक्कासी मिति २०७३।१२।२ को राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको सूचनाबमोजिम उक्त निर्माण कार्य श्री नागार्जुन कन्स्ट्रक्सन कम्पनी लि. काठमाडौंको कबोल अंक रू.१६,३६,५३,४५९।०१ मा स्वीकृत गर्ने गरी आशयको सूचना प्रकाशित भएको देखी अत्यन्त अन्यायमा परी उक्त कार्यालयमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७(१) बमोजिम पुनरावलोकनका लागि विपक्षी सार्वजनिक खरिद पुनरावलोकन समितिसमक्ष सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १०४ बमोजिम तोकिएको धरौटीसहित निवेदन गरेकोमा उक्त समितिको मिति २०७४।१।६ को निर्णयले हाम्रो निवेदन खारेज गरी हाम्रो धरौटीसमेत जफत भएकोले ने