निर्णय नं. १०२७९ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२७९ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/१२/२२ ३५९४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७४।१२।२२ ०७४-NF-०००६ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला सप्‍तरी, कञ्‍चनपुर गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय सप्‍तरीमा थुनामा रहेका हरेन्द्रनारायण देव विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम रामकुमारको जाहेरीले नेपाल सरकार जबरजस्ती करणी हुनको लागि कन्याजाली च्यातिएको हुनु पर्ने, संघर्षको चिह्न नभेटिनु पर्ने, वीर्य स्खलन भएको हुनु पर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनु पर्ने जस्ता कुरालार्इ जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको पाइएन । साथै पीडितको उमेर १० वर्षको मात्र देखिएकोले त्यस्तो नाबालकले ३६ वर्षको प्रतिवादीसँग प्रतिकार गर्न सक्ने वा सतीत्व रक्षाको लागि संघर्ष गर्न सक्ने अवस्था नै नभएबाट शरीरको अन्य भागमा संघर्षका चिह्न नदेखिनु स्वाभाविक नै देखिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा र विद्वान्‌ अधिवक्ता श्री सुमनकुमार पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणप्रसाद रिमाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री दुर्गाप्रसाद ढुङ्गेल सप्‍तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.मुख्य न्या. श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज यस अदालत संयुक्त इजलासमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल मा.न्यायाधीश श्री श्री सपना प्रधान मल्ल फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(२) खण्ड (ख) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) खण्ड (ख) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ । मिति २०७०।०१।१४ का दिन बिहान म जाहेरवालाको छोरी वर्ष १० को परिवर्तित नाम कञ्चनपुर (क) प्रतिवादी हरेन्द्रनारायण देवको पसलमा खानेकुरा किन्न गएको अवस्थामा हरेन्द्र नारायण देवले मेरो छोरीलाई ललाई फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेपछि छोरी रूँदै घरमा आई घटनाको बारेमा जानकारी गराएको हुँदा हरेन्द्रनारायण देवलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम रामकुमारको जाहेरी दरखास्त । जिल्ला सप्तरी, कञ्चनपुर गा.वि.स., वडा नं. ९ स्थित हरेन्द्रनारायण देवको घरको पश्चिमपट्टिको कोठाको उत्तर–दक्षिण रहेको कोठाको पलङमा मिति २०७०।१।१४ गते बिहान परिवर्तित नाम कञ्चनपुर (क) लाई हरेन्द्रनारायण देवले जबरजस्ती करणी गरेको भनिएको बेहोराको घटनास्थल मुचुल्का । मिति २०७०।१।१४ गते बिहान अन्दाजी ७:३० बजेको समयमा मेरो हजुरबुबाले मलाई खैनी किन्न पठाएकोमा म हरेन्द्रनारायण देवको पसलमा जाँदा निजको पसल बाहिरबाट बन्द रहेकोले भित्र गई ढोका ढकढकाउँदा हरेन्द्रनारायण देवले ढोका खोलेपछि मैले रू. पाँच दिई खैनी माग्दा विपक्षीले मलाई पसलभित्र बोलाई खाटमा बसाई ढोका बन्द गरी विपक्षी हरेन्द्रनारायण देवले आफ्नो कपडा खोली मलाई खाटमा उत्तानो पारी सुताई मेरो सुरूवाल कट्टु खोली आफ्नो उत्तेजित लिङ्ग मेरो योनिभ