निर्णय नं. १०२८० - जबरजस्ती करणी उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२८० - जबरजस्ती करणी उद्योग भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०३/२६ ११५६५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।३।२६ ०७४-NF-०००१ मुद्दाः जबरजस्ती करणी उद्योग पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला स्युचाटार गा.वि.स. वडा नं. ६ हाल नागार्जुन नगरपालिका वडा नं. १२ बस्ने श्री राम भट्टराईको छोरा प्रदिप भट्टराई विरूद्ध प्रत्यर्थी / वादी : पीडितको बुबाको जाहेरीले नेपाल सरकार “जबरजस्ती करणीको कसुर” जबरजस्ती करणी, जबरजस्ती करणीको उद्योग, र आशय करणी (यौन दुर्व्यवहार) तीन प्रकारका कसुरजन्य कार्यमध्ये सबैभन्दा गम्भीर कार्य अथवा कसुरले पूर्णता प्राप्त गरेको कार्य हो । “जबरजस्ती करणीको उद्योग” सम्बन्धी कसुरमा पीडकले इच्छा गरेको करणीसम्बन्धी कसुरजन्य कार्यले पूर्णतासम्म प्राप्त नगरेको, कसुरले पूर्णता प्राप्त गर्नुभन्दा अगाडिका कसुरजन्य चरणहरू पूरा गरिसकेको अवस्था रहन्छ । “यौन दुर्व्यवहारसम्बन्धी कसुरमा” यौनजन्य हिंसा भएको, तर जबरजस्ती करणीको कसुर वा सोसम्बन्धी उद्योगको तहको कसुर भइनसकेको अवस्था रहने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भट्टराई र विद्वान्‌ अधिवक्ता श्री डेकेन्द्रप्रसाद सुवेदी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या.डा.श्री आनन्दमोहन भट्टराई काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री माधवराज थापा माननीय न्यायाधीश श्री गोविन्दकुमार श्रेष्‍ठ पुनरावेदन अदालत पाटन यस अदालतको संयुक्त इजलासबाट फैसला गर्ने: माननीय न्यायाधीश श्री बलराम के.सी. मा. न्यायाधीश श्री ताहिर अली अन्सारी फैसला न्या.ईश्वरप्रसाद खतिवडा : यस अदालतको मिति २०६२/१०/६ को फैसलाउपर तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ र हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम मुद्दा पुनरावलोकन गरी हेर्न अनुमति प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०५६/१०/४ गते प्रदिप भट्टराईले मेरो छोरी पीडितलाई घर पुर्‍याई दिन्छु भनी झुक्याई एकान्त ठाउँमा लगी जबरजस्ती करणी गर्न खोजेकाले कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडितको बुबाको जाहेरी दरखास्त । मिति २०५६/१०/४ गते पीडितलाई घर पुर्‍याई दिन्छु भनी मूल बाटोबाट भन्दा गोरेटो बाटोबाट चाँडो पुगिन्छ भनी झुक्याई धन्ने पधेरो भन्ने ठाउँमा पुगेपछि मानिससमेतको आवतजावत नभएको, केही रात परेकोले पीडितलाई करणी गर्ने उद्देश्यले निजलाई समाती करणी गर्न खोज्दा बल गरेकी र सो ठाउँमा भएको ठुटा लहरामा अलमलिएपछि जाहेरवालाको छोरी पीडितले मलाई टोक्ने चिथोर्ने गरी मेरो हातमा समेत घाँउ चोट बनाइदिएकी र रूने कराउने गरेको अवस्थामा एकजना नाम थाहा नपाएको आईमाई केटी रोएको सुनी कराउँदै आएकीले पीडितलाई करणी नगरी छोडी दिएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रदिप भट्टराईले अनुसन्धानका क्रममा गरेको बयान । मिति २०५६/१०/४ गतेका दिन प्रदिप भट्टराईले जाहेरवालाको छोरी पीडितलाई घरमा पुर्‍याई दिन्छु भनी एकान्त कुबाटो लगी जबरजस्ती करणी गर्न खोजेकोमा विश्वास ला