निर्णय नं. १०२८२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२८२ - उत्प्रेषण / परमादेश भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०२/१५ १९९२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७६।२।१५ ०६७-WO-०७१३ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : जिल्ला कैलाली, टिकापुर न.पा. वडा नं. ८ बस्ने हजारी रावलसमेत विरूद्ध विपक्षी : सुकुम्बासी समस्या समाधान आयोग, जिल्ला समिति कैलालीसमेत एकपटक एउटा सुकुम्बासीलाई दिने भनी निर्णय गरेको जग्गा भोगचलनमा विवादित भई उक्त निर्णय नै कार्यान्वयन हुन नसकेको अवस्थामा पछि फेरी सो जग्गाको सम्बन्धमा पुनः निर्णय गर्न नेपाल सरकार तथा निजबाट अधिकारप्राप्त निकाय असक्षम हुन्छ भनी निष्कर्ष निकाल्नु संविधान र कानूनी मनसायअनुकूल हुन नसक्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री वोर्णबहादुर कार्की तथा विद्वान्‌ अधिवक्ता श्री कमलप्रसाद सापकोटा विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल, विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री श्यामप्रसाद खरेल र श्री विश्वप्रकाश सिग्देल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.टंकबहादुर मोक्तान : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२)(३) बमोजिम दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- म रिट निवेदक हजारी रावल र मेरो पति नरबहादुर रावलसमेतका परिवार सुकुम्बासी भई पीडित अवस्थामा रहेका थियौं । यसै अवस्थामा तत्कालीन जिल्ला वन र बसोबाससम्बन्धी समस्या समाधान अधिकार सम्पन्न आयोगले मिति २०३८।२।१ गते र २०३८।२।१४ गते सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयानुसार उक्त आयोगले मिति २०३८।२।३० गते जिल्ला कैलाली, साबिक मनिकापुर गा.पं., वडा नं. ९ भई हाल टिकापुर न.पा., वडा नं. ८ को कि.नं. २४४ ज.वि. ०-१६-५ कित्ता र ऐ.ऐ. को कि.नं. २४८ ज.वि. ०-१८-१५ कित्ता १ समेत २ कित्ता जग्गा म निवेदक हजारी रावल र मेरो श्रीमान् नरबहादुर रावलका नाममा दर्ता गरिदिने निर्णय गरेको थियो । सो निर्णय भएपछि म निवेदक हजारी रावल र पतिसमेत मेरा परिवारले उक्त जग्गामा बसोबास गरी खेतीसमेत गर्दै आएका थियौं । उक्त जग्गाहरूमा हामी निवेदकलगायतको परिवार बसोबास गरी आएको अवस्थामा हाम्रा पति तथा पिता नरबहादुर रावल मिति २०५०।४।७ मा परलोक हुनुभयो । निज पति तथा पिता परलोक भएपछि उक्त जग्गाहरूमध्ये कि.नं. २४८ को ज.वि. ०-१८-१५ समेत हामी निवेदकहरूका नाममा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका थियौं । कि.नं. २४४ कि. का. भई कायम भएको कि.नं. ४९७ को ज.बि. ०-१४-५ दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिन बाँकी रहेको थियो । उक्त कि.नं. २४४ कि.का. भई कायम भएको कि.नं.४९७ को ज.बि. ०-१४-५ जग्गा हामीहरूले भोग चलन गरी आएको हुँदा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा पाउँ भनी माग गरिरहेकोमा विपक्षी उक्त आयोगले आज भोलि भनी आश्वसन दिँदै आएका थिए । तत्कालीन जिल्ला वन र बसोबाससम्बन्धी समस्या समाधान अधिकारसम्बन्धी आयोगले मिति २०३८।२।३० गतेको निर्णयानुसार म निवेदक हजारी रावल र मेरा पति नरबहादुर रावललाई दिने भनिएको उक्त साबिक कि.नं. २४४ को कि.का. भई कायम भएको कि.नं. ४९७ को जग्गा विपक्षी उक्त आयोगले अन्य व्यक्तिहरूलाई दिने गरी मिति २०५८।३।२८ मा निर्णय गरेको भन्ने हल्ला सुनी मिति २०६७।८।१६ गते