निर्णय नं. ८२५८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२५८ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/१२ ३०५० निर्णय नं. ८२५८ फागुन, २०६६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय श्री राजेन्द्रप्रसाद कोइराला पुनरावेदन नं. ०६५ –CF–०१३ फैसला मितिः २०६६।७।१२।५ मुद्दा– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः पाँचथर जिल्ला, ओलने गा.वि.स. वडा न. ५ घर भई हाल कारागार शाखा झापामा कैदमा रहेको टेकबहादुर साँवा (लिम्बू) विरुद्ध पुनरावेदक प्रतिवादीः पाँचथर जिल्ला, ओलने गा.वि.स. वडा न. ५ घर भई हाल कारागार शाखा झापामा कैदमा रहेको टेकबहादुर साँवा (लिम्बू) शुरु फैसला गर्नेः– मा.जि.न्या.श्री उमेशराज पौडेल पुनरावेदन फैसला गर्नेः – का.मु.मु.न्या.श्री ऋषिराज मिश्र मा.न्या.श्री एकराज आचार्य § यसमा स्वाभाविक मानवीय भावना र संवेदनशीलता जस्ता कुराहरू पनि विचारणीय हुन्छन् । प्रतिवादीकै मृतकको कार्यले प्रतिवादीले आत्मनियन्त्रण गुमाउने परिस्थितिको अवस्था थियो कि थिएन भन्ने कुरा गणितीय हिसावमा मापन गर्न नसकिए पनि यस्तो कुरा कुनै घटनाको प्रकृति र परिस्थितिद्वारा निर्धारण गरिने कुरा हो । क्रियाकलापको कारण अथवा प्रतिवादीले नै पहिला मृतकलाई उत्तेजित पारी मृतकको प्रतिक्रियात्मक गतिविधिबाट आवेशको अवस्था उत्पन्न गराउने क्रिया सिर्जित भएमा त्यस अवस्थालाई तत्काल उठेको रिस अथवा तात्कालीन आवेशको संज्ञा दिन नमिलने । (प्रकरण नं.११) § आफ्नो इच्छित कार्यबाट उत्पन्न भएको परिणामलाई अनिच्छाको वा वेहोशीको अवस्थामा गरिएको कार्यको रुपमा हेर्न मिल्दैन । सचेत अवस्थामा आफूले गरेको कुनै कार्यले खराव परिणाम निकाल्न सक्छ भन्ने जान्दाजान्दै पनि सो कार्यमा तल्लीन भई खराव परिणाम उत्पन्न भएमा त्यसको जवाफदेहीता पनि निजले नै बहन गर्नुपर्ने । § आफ्नो स्वेच्छाले मादक पदार्थ सेवन गरेको र सो सेवनसमेतको असरबाट थप उत्तेजित भई मृतकलाई अन्धाधुन्ध कुटपीट गरेको कार्यबाट मृत्यु भएको हुँदा त्यस्तो अपराधलाई मनसायप्रेरित हत्याकै कोटीमा राखेर हेर्नुपर्ने । § सामान्य समझबुझको व्यक्तिले नशा हुने मादक पदार्थसमेत सेवन गरी वा नगरी गरेको कसूरको लागि ऐनबमोजिम हुने सजायको भागी पनि सोही व्यक्ति बन्नुपर्ने । § मादक पदार्थको सेवनबाट अपराधको प्रकृतिमा अन्तर नआउने र सजायमा छुटको आधार बन्न नसक्ने । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री भीष्मराज कडरिया प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः § नेकाप २०५७, नि.नं. ६९४३, पृ. ७०४ § नेकाप २०६५,नि.नं. ७९९८ पृ. ९२८ सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १,१०, १३(३), १४ नं. § दण्ड सजायको महलको १ नं. § अदालती बन्दोवस्तको १८८, २१५ नं. § न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) फैसला न्या.दामोदरप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(घ) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर निम्नबमोजिम छः- जिल्ला पाँचथर ओलने, गा.वि.स. वडा नं. ५ बस्ने टेकबहादुर साँवाले मेरी बहिनी कुलमाया शेर्मा (साँवा) लाई २०४७ सालमा हाम्रो सल्लाह बेगर ललाई फकाई श्रीमती बनाई लगी दमक बजारमा डेरा गरी बसेका थिए । निज टेकबहादुरले बहिनीलाई बारम्बार कुटपीट गर्ने गरेकाले मसमेत भई सम्झाई बुझाई गरेको थिएँ । मिति २०६०।११।१८ गते जिल्ला झापा दमक–१२ बस्ने मानबहादुर शेर्मा मेरो घर जिल्ला पाँचथर, ओलने –२ मा आई बहिनी कुलामाया स