निर्णय नं. १०२८४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२८४ - जबरजस्ती करणी भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७४/१२/२६ २६२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७४।१२।२६ ०७१-CR-०१०८ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम डि कुमारीको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : खोटाङ जिल्ला, चिसापानी गा.वि.स. वडा नं.७ बस्ने प्रदिप भुजेलसमेत वारदात मितिभन्दा अघि अभिलेखित जन्मदर्ता प्रमाण पत्र वा प्रमाण ऐन, २०३१ को दफा १४ अनुरूप तैयार भएको अभिलेख आदि वस्तुनिष्ठ प्रमाण पेस हुन नसकेको अवस्थामा पीडित स्वयंले घटनाको तत्काल पछि उल्लेख गरेको उमेरलाई अन्य वस्तुनिष्ठ प्रमाणको अभावमा अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दयाशंकर अधिकारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री खगेन्द्र राउत अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायणप्रसाद धिताल उदयपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पवनकुमार शर्मा माननीय न्यायाधीश श्री शारड्गा सुवेदी पुनरावेदन अदालत राजविराज फैसला न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः म जाहेरवाला र मेरो सहोदर बहिनी नाम परिवर्तित सि कुमारी राई मिति २०६७।१०।८ गते आफ्नो घरबाट उदयपुर जिल्ला बेल्टार सिरूवानी मावलीघरमा आएकोमा सोही दिनको अ.४:०० बजे बेल्टार बजारमा आइपुगी नास्ता खाई घुमफिर गरी जान लाग्दा विपक्षी अन्यायीहरू प्रदिप भुजेल, डेविट चौधरी, दिपक परियार र रविन भन्ने सुरेश परियारसमेतले हामीलाई बेल्टार बसपार्क नजिकमा भेटी हामीहरूलाई सोधीखोजी गरेकोले हामीले सिधै कुरा बताउँदा निजहरूले हामीलाई विभिन्न लोभलालच देखाई प्रलोभनमा पारी बेल्टार बजार घुमाई हामी पुर्याई दिन्छौं भन्दै साँझ अ.२०:०० बजेको समयमा बेल्टार बसपार्कमा लगी निजहरूमध्ये प्रदिप भुजेल र डेविट चौधरीले मलाई सोही बसपार्कमा रहेको ना.२ ख २६५८ नं.को बसभित्र लगी बोले कराएमा मारीदिनेसम्मको धाक धम्की दिई निजहरू प्रदिप भुजेल र डेविट चौधरीले मलाई उक्त बसभित्र लगी डर त्रासमा पारी निजहरू दुवैले पालैपालोसँग जबरजस्ती करणी गरेको र मेरो बहिनी नाम परिवर्तित सि कुमारी राईसमेतलाई अन्य प्रतिवादी दिपक परियार र रविन भन्ने सुरेश परियारले को. १ख २३६० नं. को बसभित्र लगी सोही समयमा पालैपालोसँग जबरजस्ती करणी गरेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्ने बेहोराको नाम परिवर्तित डि कुमारी राईको किटानी जाहेरी दरखास्त । जिल्ला उदयपुर बेल्टार गा.वि.स. वडा नं.२ बसपार्कस्थित पूर्वमा शंकर थापाको घर, पश्चिममा सुर्य वि.क. को घर, उत्तरमा सडक, दक्षिणमा सडक यति चारकिल्लाभित्र रहेको बेल्टार बसपार्कमा राखेको ना.२ख २६५८ नं. को गितादेवी बसभित्र मिति २०६७।१०।८ गते राति २०:०० बजेको समयमा प्रतिवादीहरू प्रदिप भुजेल र डेविट चौधरीले जाहेरवाली डि कुमारी राईलाई जबरजस्ती करणी गरेको भनिएको घटनास्थल ठिक छ भन्ने बेहोराको मौकाको घटनास्थल मुचुल्का । पक्राउमा परी आएका प्रतिवादी प्रदिप भुजेल र डेविट चौधरीको लिङ्गबाट मिति २०६७।१०।८ गते राति करणी भए नभएको यकिन गर्न नसकिने भन्ने बेहोराको जिल्ला स्वास्थ्