निर्णय नं. १०२८६ - दूषित नामसारी निर्णय दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२८६ - दूषित नामसारी निर्णय दर्ता बदर भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०३/११ ४८५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।३।११ मुद्दाः- दूषित नामसारी निर्णय दर्ता बदर ०६९-CI-१०९५ पुनरावेदक / वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने हेमशंकरकी बुहारी हरिहरराजकी पत्नी अम्बिका राजोपाध्यायसमेत विरूद्ध विपक्षी / प्रतिवादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने स्व. हेमशंकरको नाति स्व. विष्णुहरीराजको छोरा मृगेन्द्रराज सुवेदी राजोपाध्याय ०६९-CI-११२८ पुनरावेदक / वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने हेमशंकरको नाति स्व. विष्णुहरीराजको छोरा मृगेन्द्रराज सुवेदी राजोपाध्याय विरूद्ध विपक्षी / प्रतिवादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ लास्कुढोका स्वामला बस्ने स्व. हेमशंकरको नाति स्व. हरिहरराजको छोरा शारदेशराज शर्मासमेत अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी सिफारिस गराई सोही आधारमा कारबाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई बिक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसङ्गत नहुने । (प्रकरण नं.५) समान अंश हक कायम रहेको जग्गाको अंशियार जोसुकैले जुनसुकै बेहोराबाट दर्ता गराए पनि अन्य अंशियारको अंशहक समाप्त नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बाबुराजा जोशी, विद्वान् अधिवक्ता श्री दिपेन्द्र थापा विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अंक ९, नि.नं.८२२२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री चण्डीराज ढकाल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः- पिता विष्णुहरि, उपेन्द्रराज, विध्नहर र कृष्णहरिसमेतको बिच २०२२।३।११ मा बन्डाफारी गरी आ-आफ्नो भाग छुट्याउने गरी लिखत भएकोमा पारित गरी नदिएकोले विध्नहर राजोपाध्यायले लिखत पारित मुद्दा गरी भक्तपुर जिल्ला अदालतको २०२३।३।२० को फैसलाबमोजिम २०२४।६।१ मा पारित लिखतबाट २०२१ सालमा नापी हुँदा कायम भएको छालिङ गा.वि.स. वडा नं. २ कि.नं.७४८ समेतका ५६ कित्ता जग्गाहरू पिता विष्णुहरिको नाममा दर्ता भई पिताले भोगचलन गरी आएकोमा पिताको २०२३ सालमा र आमाको २०५३ सालमा परलोक भएपछि मैले मोहीहरूसँग कुत बुझी भोगिआएको उल्लिखित कित्ता जग्गाहरूबाहेक केही जग्गाहरू नामसारी दर्ता गर्न बाँकी रहेकोले उक्त जग्गाहरू नामसारी गर्न मालपोत कार्यालय, भक्तपुरमा निवेदन दिन बुझ्दा ती जग्गाहरू विपक्षीहरूका पिता हरिहर राजोपाध्यायले नामसारी दर्ता गरी लगेको भन्ने २०६४।९।१ मा नामसारी मिसिलको नक्कल लिई हेर्दा काका हरिहरले निजको दाजु विष्णुहरि २०२३ फाल्गुणमा परलोक भई निजको हक खाने काकाबाहेक कोही नभएकोले नामसारी गरिपाउँ भनी २०३१।५।२६ मा तत्कालीन भू.प्र.का. भक्तपुरमा निवेदन गरी हरिहरबाहेक अरू हकवाला कोही नभएको भनी बल