निर्णय नं. १०२८७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२८७ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०५/०८ ३१५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।५।८ ०७४-CR-११४२ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : गडुलबहादुर तामाङको छोरा दोलखा जिल्ला साबिकको भ्याकु गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय जगन्‍नाथदेवल काठमाडौंमा थुनामा रहेको वर्ष ३४ को वरूण लामा भन्‍ने वरूण सिंह लामा विरूद्ध प्रत्यर्थी / वादी : लेखबहादुर रेग्मी मगरको जाहेरीले नेपाल सरकार घटनाको समग्र स्वरूप एक प्रकृतिको हुने र प्रतिवादीको जिकिर अर्कै प्रकृतिको भएको अवस्थामा निरपेक्ष रूपले प्रतिवादीको बयान जिकिरलाई मात्र आधार लिएर निष्कर्षमा पुग्नु त्रुटिपूर्ण हुने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता डा. श्री रजितभक्त प्रधानाङ्ग र वरिष्ठ अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७३, अंक ३, नि.नं.९५६७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री कृष्ण कमल अधिकारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना उच्च अदालत, पाटन फैसला न्या.दीपककुमार कार्की : उच्च अदालत पाटनबाट मिति २०७४।५।६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.७ सरस्वतीनगर स्थित पूर्व याङतारू सेकुवा कर्नर घर, पश्‍चिममा गोपीकृष्‍णबाट सात तलेतर्फ जाने सडक, उत्तरमा सानुमाया डंगोलको नाममा दर्ता रहेको जग्‍गा टहरा, दक्षिणमा निज सानुमाया डंगोलको नाममा दर्ता रहेको जग्‍गा यति चार किल्लाभित्र सडकको पूर्व किनारमा रगत रहेको, सो नजिकै भुइँमा रगतजस्तो रातो पदार्थ लागेको गोलाई १० ईन्च, लम्बाई ५ ईन्‍च भएको सेतो रङ्गको ढुङ्गा रहेको सोही ढुङ्गा रहेको स्थानमा मिति २०६७।७।१७ गतेका अं.२०.०० बजेको समयमा श्यामबहादुर रेग्मी मगरलाई संजिव गुरूङसमेतले लात मुक्‍का तथा ढुङ्गासमेत प्रहार गरी कुटपिट गरी गम्भीर घाइते बनाएको र घटनास्थलमा फेला परेको उल्लिखित ढुङ्गा प्रहरीले उठाई लगेको भन्‍नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०६७।७।१७ गतेको बेलुका का.जि., का.म.न.पा.७ स्थितमा रहेको याङतारू सेकुवा कर्नरबाट म जाहेरवालाको भाइ वर्ष ३१ को श्यामबहादुर रेग्मी मगर तथा निजका साथीहरू अशोककुमार यादवसमेत खाजा खाई घरतर्फ फर्कने क्रममा सोही बेलुकी अं.२०:४० बजेको समयमा मेरो भाइ श्यामबहादुर रेग्मी मगरलाई प्रतिवादीहरू वरूण लामासमेत निजका मतियारहरू गरी जम्मा ७/८ जना मानिसहरूले लात, मुक्‍का र ढुङ्गासमेतले टाउकोसमेतमा प्रहार गरी कुटपिट गरी गम्भीर घाइते बनाएको तत्काल उपचारको क्रममा सोही बेलुका राति अं. ११:४५ बजेतिर मृत्यु भएकोले मेरो भाइलाई यसरी कुटपिट गरी कर्तव्य गरी मार्ने वरूण लामासमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको लेखबहादुर रेग्मी मगरको जाहेरी दरखास्त । मृतक श्यामबहादुर रेग्मी मगरको निधारको बायाँ साइडमा २ ईन्‍च लम्बाई २ ईन्‍च चौडाई भएको काटेको घाउ, बायाँ गालामा निलो घाउ भएको, मुखबाट रगत बगेको, अनुहारको भाग सुन