निर्णय नं. १०२८८ - बिना इजाजत वन पैदावार ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२८८ - बिना इजाजत वन पैदावार ओसारपसार भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०२/३१ ५०१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।२।३१ ०७२-CR-१३७० मुद्दाः- बिना इजाजत वन पैदावार ओसारपसार निवेदक / वादी : जिल्ला प्रहरी कार्यालयको पत्र जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला दाङ गोबरडिहा गा.वि.स. १ जुरौनी बस्ने चपडे माइला भन्‍ने मोमदिन मियासमेत घटनास्थलमा अवैध काठसहित पक्राउ पर्नु कसुर कायम हुन पर्याप्त हुँदैन । प्रतिवादीहरूको भूमिका, संलग्नताको स्तर, मनसायको अवस्था र कसुरजन्य कार्य आदि जस्ता तत्त्वहरूको समष्टिले मात्र प्रतिवादी कसुरदार हो होइन भनी पुष्टि गर्नुपर्ने । (प्रकरण नं.७) निवेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता सोमकान्ता भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता नारायणप्रसाद देवकोटा अवलम्बित नजिर : ने.का.प.२०६५, अंक १०, नि.नं.८०२८, पृ.१२७१ ने.का.प.२०६८, अंक ६, नि.नं.८६२९, पृ.९०८ सम्बद्ध कानून : वन ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री विष्णुप्रसाद उपाध्याय प्यूठान जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रत्‍नबहादुर वागचन्द मा. न्यायाधीश श्री अनिता मानन्‍धर जोशी पुनरावेदन अदालत तुलसीपुर फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दा दोहोर्‍याउने निवेदनमा निस्सा प्रदान हुँदा पुनरावेदनको रूपमा दर्ता भई नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- मिति २०६९/२/३२ गते राति ३.३० बजेको समयमा लु.१ ख ५८०९ नं. को ट्रिपरमा सालजातको चिरान काठ लोड गरी गिट्टीले छोपेर ल्याउँदै गरेको अवस्थामा रम्दी गा.वि.स. ५ स्थित भालुवाङ-प्यूठान सडक खण्डमा जिल्ला प्यूठान खैरा गा.वि.स. घर भई हाल दाखाक्वाडी ६ बस्ने वसन्तकुमार बस्नेतसमेत ४ जना मानिसहरू सो काठ लोड गरी ल्याउने क्रममा विजुवार प्रहरी चौकीबाट पक्राउ परेका र लु.१.ख. ५८०९ नं. को ट्रिपरमा लोड गरी ल्याएको काठ विजुवार रे.पो.बाट नापतौल हुँदा सालजातको चिरान काठ थान २३० को परिमाण २५०.१६ क्यु. फिट काठ र वसन्तकुमार बस्नेतले प्रयोग गरेको लु.९ प ६८९३ नं. को मोटरसाइकलसमेत बरामद गरिएको बरामदी मुचुल्का । म पाल्पाबाट लाइसेन्सको ट्रायल दिन बुटवलमा आएको अवस्थामा हाम्रै गाउँको साथी लु.१ ख ५८०९ नं.को ट्रिपरको सहचालकसँग भेट भई उसले यतातिर घुम्न जाउँ भनेकाले ऊसँग घुम्न आएको थिएँ । गाडीमा सुत्न भनी आएको अवस्थामा ड्राइभरले ट्रिपरमा काठ र गिट्टी लोड गरी ल्याएकोले ड्राइभरले मलाई सो गिट्टी अनलोड गर्न जाउँ भनेर ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी मिलन थिङले मौकामा गरेको बयान कागज । म ससुराली गएको र घरमा आउने समयमा बांगेसाल गा.वि.स. वडा नं. ५ बस्ने सानो जितमान भन्ने जितमान मियासँग दाङ जिल्लाको कालाकाटेमा भेट भएको र निजले काठ अनलोड गरिदेउ म पैसा दिन्छु भनी मलाई ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी रामकृष्ण रावलले मौकामा गरेको बयान कागज । यो काठ जितमान मिया भन्ने व्यक्तिको हो । काठ प्यूठानको भिंग्रीसम्म लैजाने हो भनी ड्राइभरले भनेकोले उक्त काठ कालाकाटेबाट लोड गरेको हो, कहाँसम्म लैजाने हो मलाई थाहा भएन । हामी ४ जना गाडीमा थियौं, प्रहरील