निर्णय नं. १०२८९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०२८९ - कर्तव्य ज्यान भाग: ६१ साल: २०७६ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/११/१२ ३६५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७५।११।१२ ०७४-CR-१०९० मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : सन्ते वि.क.को नाति, गौदान विश्वकर्माको छोरा सोलुखुम्बु जिल्ला साबिक तामाखानी गा.वि.स. वडा नं. १ को हाल दुधकुण्ड नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. गोकर्णेश्वर नगरपालिका वडा नं. ८ सुन्ताखानमा बसोबास भई हाल जिल्ला कारागार भिमफेदी, मकवानपुरमा थुनामा रहेको पंचे भन्ने हर्कबहादुर विश्वकर्मा विरूद्ध विपक्षी / वादी : सर्किनीमाया तामाङको जाहेरीले नेपाल सरकार जहाँ अभियुक्तले एउटा कार्यको लागि जाँनी बुझीकन कार्य गरेको हुन्छ तर विषयवस्तु अर्को परेको हुन्छ भने यस्तोलाई दुर्भावना सरेको वा दायित्व स्थानान्तरण (Transferred malice) भएको मान्नुपर्छ । यदि कुनै व्यक्तिले मनसायपूर्वक कुनै अपराध गर्न खोज्दछ र उसको असक्षमताको कारण अर्को व्यक्ति परि सो अपराधको परिणाम निस्कन पुग्दछ भने यस्तो अवस्थामा सरेको मनसाय तथा दायित्व (Doctrine of transferred malice) को सिद्धान्त लागू भई सो व्यक्तिले कानूनले तोकेबमोजिमको दायित्व बहन गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विश्वप्रकाश भण्डारी विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री प्रकाशचन्द्र अधिकारी सोलुखुम्बु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री शालिग्राम कोइराला माननीय न्यायाधीश श्री दिपेन्द्रबहादुर बम उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या.पुरूषोत्तम भण्डारी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरूको जाहेरी दरखास्त, बरामदी मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, घटना विवरण कागज, पोष्टमार्टम रिपोर्ट, प्रतिवादीहरूको बयान, सुरू सोलुखुम्बु जिल्ला अदालतको फैसला, प्रतिवादी तथा वादी नेपाल सरकारले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा दायर गरेको पुनरावेदन र उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसलासमेतको बेहोरा उक्त अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७४।१०।८ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनुभएको विद्वान् वरिष्ठ अधिवक्ता श्री विश्वप्रकाश भण्डारीले यी प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी नभएको, मार्ने मनसायसमेत नभएको, धनविर तामाङ र कुमार विश्वकर्माबिच कुटपिट झगडा भइरहेको देखी यी पुनरावेदक प्रतिवादीले झगडा छुट्याउन थाल्दा नमानेकोले यी प्रतिवादी हर्कबहादुर विश्वकर्माले झगडा छुट्याउने क्रममा लौरोले धनविर तामाङलाई हान्न लाग्दा छलेकोले फुर्वा तामाङलाई लाग्न गई निजको मृत्यु भवितव्यबाट भएको अवस्थामा यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको उच